दलित आयोगका पदाधिकारीद्धारा पदभार ग्रहण

काठमाडौँपेज, माघ २१ । राष्ट्रिय दलित आयोगका पदाधिकारीले पदभार ग्रहण गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण लिएपछि कुपण्डोलस्थित आयोगको कार्यालय पुगेका थिए । आयोगका अध्यक्ष देवराज विश्वकर्मा, सदस्यहरु मेहल पार्की, टुञ्ज बराइली र मीना सोवले एकैसाथ पदभार ग्रहण गरेका छन ।
पदभार ग्रहण गर्दै अध्यक्ष विश्वकर्माले आयोगलाई दलित समुदायको हक हितमा संयोजनकारी भूमिका निर्वाह गरी भरोसाको केन्द्र बनाउने बताए । उनले भने “दलित समुदायको हकअधिकार स्थापित गर्न सिङ्गो दलित आन्दोलनलाई साथ लिएर हामीले काम गर्नेछौं, हकअधिकार प्राप्ति नै हाम्रो मूख्य कार्यभार हुनेछ ।”
संविधानले स्थापित गरेका दलित समुदायका हकअधिकार र कानुन कार्यान्वयन र न्यायको पक्षमा दलित आयोगले काम गर्नपर्नेमा सदस्यहरुले जोड दिएका छन । पदाधिकारीहरुलाई स्वागत गर्दै आयोगका सचिव कृष्णप्रसाद धितालले आयोगमा आवश्यक दरवन्दी र बजेट विनियोजन हुन नसकिहेको बताए ।
२०५८ सालमा गठन भएको राष्ट्रिय दलित आयोगलाई नयाँ संविधानले संबैधानिक आयोग बनाएको छ । संविधान जारी भएको पाँच वर्षपछि राष्ट्रिय दलित आयोगले पदाधिकारी पाएको छ । आयोगमा एक अध्यक्ष र चारजना सदस्य रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
Loading...