पूर्वमन्त्री विश्वकर्माको आईसियुमा उपचार

काठमाडाँै पेज, पुस २४ । नेकपाका नेता एवं पूर्वमन्त्री लालबहादुर विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर भएपछि आईसियुमा उपचार गरिएको छ । ब्रेन स्ट्रोकका विरामी विश्वकर्मालाई बिहिवार ब्लुक्रस हस्पिटल त्रिपुरेश्वरमा उपचार गरिएको छ ।
कञ्चनपुर स्थायी घर भएका विश्वकर्मालाई स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि पुस २२ गते काठमाडौँ ल्याइएको थियो । जनसंख्या तथा वातावरण पूर्वसहायक मन्त्री विश्वकर्मा तत्कालीन नेकपा एमालेको नौं वर्ष कञ्चरपुर जिल्ला सचिव हुनुहुन्थ्यो भने हाल नेकपाको केन्द्रीय सदस्य हुनुहुन्छ । विश्वकर्मा राष्ट्रिय सभाको पूर्वसदस्य हो । उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको पारिवारिक श्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
Loading...