नेपालमा रामराज्य व्यवस्था लागु हुनुपर्छ

जगतबहादुर थापा, अध्यक्षः रामराज्य परिषद्

तपाईहरुले नेपालमा रामराज्य व्यवस्था लागु हुनुपर्छ भन्दै आउनु भएको छ यो भनेको के हो ?
नेपालमा बहुदलीय संसदीय व्यवस्था छ । यो ब्यवस्थामा धेरै विकृतिहरु आए । यो व्यवस्था जनताको हितमा छैन । यो ब्यवस्थाको ठाउँमा निर्दलीय पञ्चायती व्यवस्था ठिक छ भनेर २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गर्नु भएको थियो । २०५२ साल फागुन १ गते माओवादीहरुले यो संसदीय व्यवस्था भनेको खसीको टाउँको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो यसले मुलुको कल्याण गर्दैन भनेर हिसांत्मक द्धन्द्ध मच्चाए । १७ हजार मान्छेहरु पनि मरे । अर्बौको राष्ट्रिय सम्पतिको स्वाहा भयो । फेरी आएर यही बहुदलीय संसदीय व्यवस्थामा घुसेर फेरी जनताको शोषण गर्ने । अन्याय अत्याचार गर्ने । दमन गर्ने काम भइरहेको छ । जनताप्रति विश्वासघात भएको छ । त्यसकारण हामीले यो बहुदलीय संसदीय व्यवस्थाको साटो रामराज्य व्यवस्था नेपालमा लागु हुनुपर्छ भन्दै आएका छौं । हामी यसको अभ्यास पनि गरिरहेका छौं ।
तपाईले भन्नु खोज्नु भएको अहिलेको संविधान बेठीक छ, रामराज्य व्यवस्था हुनुप¥यो भन्ने हो ?
एकदम हो । अहिलेको सातौँ संविधान जातजातमा आधारित छ । भेदभाव, भष्ट्राचार, धर्म निरपेक्षतामा आधारित छ । संघीयतामा आधारित छ । गणतन्त्रमा आधारित छ । विभिन्न वाईघात कुराहरुमा आधारित त । यसलाई सर्बमान्य संविधान छ भन्ने ठाउँ नै छैन । यो जसले भनिरहेको छ । त्यसले भ्रम श्रृजना गरिरहेको छ । अपव्याख्या गरिरहेको छ । जनतालाई भ्रम सृजना गर्नलाई मात्र गरिहेको छ ।
तपाईले भन्नु भएको रामराज्य व्यवस्थामा कस्तो नेपाल हुन्छ ?
रामराज्य व्यवस्था भनेको सत्यमा आधारित व्यवस्था हो । रामराज्य व्यवस्था भनेको जनतालाई निर्णायक मान्ने । जनतालाई जर्नादन मान्ने हो । जनतालाई ईश्वर मान्ने र सबैलाई समदृष्टि राख्ने र कोही पनि भोको नाङ्गो आदि समस्याग्रस्त नहोस । कोही घरवार विहिन नहोस । रोजगार विहिन नहोस । विदेशमा गएर स्वाभिमान र राष्ट्रियता बेच्न नपरोस् । सबैले मुलुकभित्र काम पाउन अनि यो मुलुक गरिवी राष्ट्रबाट विकशित मुलुक होस । भेदभाव मुतmराष्ट्र होस । भष्ट्राचार मुक्तराष्ट्र होस । प्रतिव्यक्ति आय कम्तिमा मासिक एकलाख होस । सतप्रतिशत रोजगार होस । यो नेपालमा खुल्ला सिमाना छ । प्रत्येक दिन हाम्रो सिमाना मिचि राखेको छ । सिमाना बन्द होस । भारतमा भिषा सिस्टम लागु होस । पहिला राणा शासनमा उनीहरु नेपालको पशुपति दर्शन गर्नको लागि उनीहरुले ३ दिनको भिषा लगाएर आउनुपथ्र्याे । २००७ सालको सम्झौता पछि हटेको कारणले समस्या भएको छ । हामी परनिर्भर छौँ । स्वाधीन छैनौ । त्यसैले हरेक क्षेत्रमा हाम्रो मुक्तिको आन्दोलन आवश्यक छ ।
तपाईहरुले भन्दै आएको रामराज्य व्यवस्थामा नेपालको शासन प्रणाली कस्तो हुन्छ ?
मन्त्री र मन्त्रालयहरु रामराज्य व्यवस्थामा हुदैनन् । रामराज्य व्यवस्थामा मन्त्री र मन्त्रालय बन्ने भनेको भष्ट्राचारको मुहान हो । त्यसमा मन्त्रीले भष्ट्राचार गर्न सचिवहरुलाई लगाउछ र हुदाँहुदाँ पिउनसम्म आउछ । अहिले जति घुसतन्त्र चलेको छ त्यो मन्त्री र मन्त्रालयको कारणले हो । रामराज्यमा नौ वटा सचिवालय हुन्छन । नौ वटा सचिवहरु हुन्छन । राज्य प्रमुख र उपप्रमुख जनताबाट प्रत्यक्ष चुनिन्छन । निर्वाचनबाट नै आउछन । हामीसँग ३२ वटा आयोगहरु छन । जस्तो शिक्षा सेवा आयोग । स्वास्थ्य सेवा आयोग । त्यसमा आयुक्त हुन्छ । शिक्षा आयोगमा शिक्षा क्षेत्रबाट नै विज्ञहरुले वा सदस्यहरुले नै चुन्नु हुन्छ । त्यसरी त्यहाँ आयोग बन्छ आयुक्त उपप्रमुख हुनुहुन्छ । शिक्षा क्षेत्रको प्रमुखले मन्त्रीको काम गर्छ । यो व्यवस्थामा ३२ जना आयुक्तले नै गर्छ । अनि एक जना पाल । भष्ट्राचार मुक्त गर्न । अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान्य कर्मचारीलाई मुद्दा लगाउने काम गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति र प्रधानन्यायधिशलाई त्यसले कारवाही त गरेको छैन । गर्न सक्ने हैसियत पनि राख्दैन । आफ्नो मान्छे भर्ती गरेको हुन्छ । आफ्नो सम्पर्कमा नभएका व्यक्तिलाई कारवाही गर्ने र सम्वन्ध भएकालाई तामेलिमा राखेर कारवाही नगर्ने परम्परा छ । जस्तो लडाकुहरु थिए नक्कली लडाकुहरु बनाएर अर्बौ खाइयो । त्यो फाईल त्यहाँ छ खै त कारवाही गरेको ?यस्ता यस्ता धेरै उदाहरणहरु छन ।


रामराज्य व्यवस्थामा राष्ट्र प्रमुख को हुन्छ त ?
रामराज्य व्यवस्थामा हामी राजावादी होइनौ । राजा आउ, देश बचाउ हामी भन्दैनौँ । अब राष्ट्र प्रमुखमा राष्ट्रपाल हुन्छ । धर्मपाल भने जस्तै राज्यपाल हुन्छ । रामराज्य व्यवस्थामा राजा आवश्यक छ । राजा राष्ट्र एकताको प्रतिक हो । तर शासन गर्ने राजा होइन । रामराज्यमा नाम मात्रको राजा हुन्छ । यसमा धर्म निरपेक्ष हुदैन । धर्म सापेक्ष हुन्छ । धर्म निरपेक्ष संसारमा कतै पनि हुदैनन । म एउटा उदाहरण दिन चाहान्छु । सूर्य निरपेक्ष हुनै सक्दैनन । सूर्य सापेक्ष हो । सूर्यबाट ताप, शक्ति प्राप्त गरेका छौँ । त्यस्तै हावाबाट पनि । आकाशबाट पनि । कही पनि निरपेक्ष हुन सक्दैनन । निरपेक्ष कृतिम रुपमा बनेको छ । निरपेक्ष भनेको अर्थ धर्म भव साम भव भन्नुको अर्थ एउटै हो । त्यसैले धर्म निरपेक्ष भनेको वाईघात चिज हो । नेपाल विश्वको एकमात्र हिन्दु राष्ट्र भनेर पहिले थियो । त्यो हाम्रो पहिचान थियो । त्यो अन्तर्राष्ट्रिय रुपमा पहिचान थियो । त्यो यथावत रुपमा कायम हुनुपर्दछ ।
रामराज्य व्यवस्थामा हाम्रो समाजमा जुन विविधता छ, विभिन्न जातजाति छौ । उनीहरुको समावेशीकारणको सवालमा तपाईहरुको बुझाई के हो ?
हाम्रो पहिचान भनेको हामी नेपाली हौ । नेपाली हो भन्दा कति अपनत्वपन हुन्छ हामीलाई । एक अर्कोलाई माया गर्छौ । कति हामी भावुक हुन्छौँ । समग्रमा क्षेत्री, मगर, थारु ब्राह्माण, नेवार तामाङ त्यो जातजाति वा कुल पुजाको लागि हो । आ—आफनो हिसावले गरेको छ । ति संस्कृतिका कुराहरु हुन । हाम्रो मूल जात भनेको नेपाली हो । अहिले जुन खालको जातजातिको कुराहरु ल्याइएको छ । हामीलाई कमजोर बनाउने काम चलिरहेको छ । यी सबै कुराहरु हटाउनु पर्छ ।
पछिल्लो समय रामराज्य व्यवस्थाले विभिन्न खालका गतिविधि र कार्यक्रम गर्दै आएको छ । संविधान घोषणा गर्नेदेखि प्रतिकात्मक नेपाल सरकार गठनसम्मका कामहरु गरिरहनु भएको छ । अन्य अभियानहरु के—के गरिरहनु भएको छ ?
बहुदलीय व्यवस्था स्थगित गर्नुप¥यो । अहिले यो बहुदलीय संसदीय व्यवस्थाले विकृति विसङ्गती गरेको हुनाले हामी नेपालीले ठाउँठाउँमा जातीय, धर्मनिरपेक्ष, गणतन्त्र विभिन्न क्षेत्रमा बाढेको हुनाले यो सातौँ संविधान नै आफैमा गलत छ । यो संविधानको ठाउँमा आठाँै संविधान जेठ २७ गते पृथ्वी जयन्ती छ । त्यसको सेरोफेरोमा हामीले संविधान जारी गर्छौ । हामीले प्रतिकात्मक नेपाल सरकार गठन गरेका छौँ । यसलाई अभ्यास गदै छौ । यसमा दिगो र दरिलो व्यवस्था आउछ । यसमा समग्र नेपालीहरु रहन्छन । हामीमा कुनै भेदभाव हुदैन । भष्ट्राचार शून्य हुन्छ । किनभने कार्यपालिकाले अहिले विकास निर्माणको सारा कुरा कार्यपालिकाको हातमा छ । जे गर्न सकिन्छ त्यो जनतालाई भन्नु प¥यो । इमान्दार र जनताप्रति उत्तरदायी हुनुप¥यो । त्यसैले हामीले पद्धति नै परिवर्तन गरेका छौ । न्यायपालिका हाम्रो कस्तो हुन्छ भने निःशुल्क न्याय सम्पादन हुन्छ । न्याय भनेको जनताले निःशुल्क पाउनु पर्छ । अहिले अदालतमा जादा २० हजार नदिने हो भने निवेदन लेखिदैन । त्यति महगंो छ न्याय । तारिक धाउदाधाउदै उसको जिन्दगी वित्छ । नातीको पालामा ६० वर्षपछि मुद्दा फैसला हुन्छ । न्याय भन्ने कुरा राज्यले निःशुल्क दिनुपर्छ ।
अहिले सरकारले चुनाव घोषणा गरको छ । त्यसमा तपाईको सहभागीता हुन्छ कि हुदैनन ?
हामी लोकतन्त्रमा विश्वास गर्छौ । हामी जनतन्त्रमा विश्वास गर्छौँ । हामी प्रजातन्त्रमा विश्वास गर्ने भएका कारण यो संविधान हाम्रो पक्षमा छैन । बहुदलीय संसदिय व्यवस्था हाम्रो पक्षमा छैन । यसलाई आन्दोलन गरेर हटाउनु पर्छ भनेता पनि चुनाव हाम्रो पर्व हो । पाँच वर्षमा जनतामा जाने, घरघरमा जाने, आप्mनो कुरा राख्ने र जनताको कुरा सुन्ने यस्तो सुअवसर चुनावले प्रदान गर्दछ । त्यसैले हामीले निर्वाचन र आन्दोलन सँगसँगै हुन्छ । यो निर्वाचनलाई आन्दोलनको रुपमा हामीहरु घरघरमा जान्छौँ । हामीले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउछौँ । जव उनीहरुले जनताको कुरा सुनेनन भने असहयोग आन्दोलन हुन्छ । उनीहरु बाध्य भएर सत्ता परिवर्तन गर्नुपर्छ ।
रामराज्य परिषद् कहिले गठन भएको हो ?
यो २०७२ भदौ २४ गते तीनकुनेमा गठन गरेका हौँ । त्यसपछि २०७३ मा देवघाट हरिहर आश्रममा सम्मेलन ग¥यौ । सम्मेलबाट यसलाई एक रुपतामा लैजानुपर्छ । एउटा राजनीतिक आहात वोकेर जानुपर्छ भन्ने खालको निणर्य भयो । अहिले चाहि यसको भर्खरै व्यवस्थापिका र धार्मिक संसदको अधिवेशन ग¥यौ । पहिलो अधिवेशन गोठाटारमा ग¥यौ । दोश्रो भाहि गणेश्वर आश्रममा देवघाट धाममा ग¥यौ ।
अन्तिममा नेपाली जनतालाई गर्नुपर्ने अपिल केही छ की ?
हामी अब जागरुक बनौँ । अब अन्याय अत्याचार र भष्ट्राचार सहेर नबसौँ । हामीमा धेरै विवेक आएको छ । हामीले खुल्ला सिमानाको नियन्त्रण गरौँ । संसारभर नेपालीहरु खान नपाएर भौतारि राखेका छौ । बैदेशिक रोजगार बन्द गरौ । हामीले स्वदेशमा नै काम पाउनुपर्छ । हामी सबै यसमा लाग्नु पर्छ । जाग्नु पर्छ । नयाँ अवसर आएको छ । रामराज्य व्यवस्था यो वैकल्पिक व्यवस्था हो । यो बैद्धिक साम्यवादी व्यवस्था हो । दुई दलीय व्यवस्था हो । यसलाई बलियो बनाउन सबै लागौँ । सम्पूर्ण नेपाली एक हौँ । नयाँ परिवर्तन ल्याउ र भष्ट्राचार अन्त्य गर्न र गरिवी अन्त्य गर्नको लागि र भेदभाव अन्त्य गर्नको लागि सबै एक जुट हुनुपर्छ मेरो अपिल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
Loading...