जो वाइडेनको आगमन, अमेरिकामा नयाँ विहानीको सुरुवात

सामाजिक न्याय र मानवअधिकारको क्षेत्रमा सकारात्मक प्रभाव पर्छ

भर्खर अमेरिकामा चुनाव सम्पन्न भएको छ । डेमोक्रेटिक पार्टीका जो वाइडेन विजयी भएका छन । चुनावको नतिजाले वास्तवमा अमेरिकीहरुको कस्तो मनोविज्ञान प्रकट भएको पाउनुहुन्छ ?
अमेरिकाको अहिलेको चुनाव अत्यन्तै महत्वका साथ विश्वले हेरिरहेको थियो । देशभित्रै पनि हेरिएको थियो । किनभने डोनाल्ड ट्रम्पको जुन हेगोमोनियल टाइपको प्रशासन थियो । बिशेष गरेर यहाँको अल्पसंख्यक, अफ्रिकी अमेरिकन समुदायहरु, प्रोगेसिप समुदायहरु इन्टायरहरु ट्रम्प प्रशासनबाट मुक्ति चाहान्थे । त्यस कारणले पनि अहिले सबैभन्दा बढि मत खसेको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाईडेन ठूलो मतान्तरले विजयी भएका छन । तर अझैपनि ट्रम्प प्रशासनले चुनावको परिणामलाई आत्मसाथ गरेको छैन ।

हुनत ट्रम्पले मान्छेहरुलाई डरत्रास देखाउने, राष्ट्रपति छोड्दिन भन्ने कुराहरु सुनिन्छ । चुनावमा धाधली भयो भन्ने खालका ट्रम्पका रिट निवेदनहरु अदालतले खारेज गरिदिएका छन । ट्रम्प प्रशासनको गृह मन्त्रालयले नै यो चुनाव अहिलेसम्म कै फियर भनेको छ ।

त्यस कारणले ट्रम्पले छोड्नदिन भन्ने अथवा अलिकति हठ देखाइरहने हो भने अझ अपमानपूर्ण तरिकाले पदबाट जानुपर्ने अवस्था हुनसक्छ । ट्रम्पको दावीमा कुनै सत्यता वा संभावना देखिदैन । जो वाइडेनको प्राशासन आएपछि अमेरिकामा नयाँ विहानीको सुरुवात हुन्छ, त्यो जनवरी २०२१ देखि ।

ट्रम्पको कार्यकालमा नेपाली समुदायलाई अथवा आप्रवासीहरुलाई के कस्तो प्रभाव परेको थियो ? वाइडेन आइसकेपछि आप्रवासीलाई हेर्ने दृष्टिकोण वा नीति कस्तो हुनसक्छ ?
दुई कोणबाट हेर्नुपर्छ । धेरै कन्जरभेटिभ, ह्वाइट सुप्रोमेसी, हेयको भाव, राष्ट्रियताको कुराहरु उठाएर अल्पसंख्यक, आप्रवासी, नस्लीय कम्युनिटीका विरद्धमा खिलाफ गर्ने र भड्काउने काम गरेर ट्रम्पको यात्रा सुरु भएको थियो । सत्ताको अन्त्य पनि यही कारणले भयो ।

“वाइडेन आइसकेपछि दुईतीन वटा कुराहरु हुन्छन । इपिएस, आप्रवासी स्टाटसहरु रिफर्म हुन्छन । आप्रवासीहरु शान्तपूर्वक काम गरेर खानबस्न सक्ने अवस्था हुन्छ । अल्पसंख्यक अथवा अन्य समुदायको पक्षमा वा सामाजिक न्यायमा मानवअधिकारमा अब वाइडेन प्रशासनले काम गर्छ ।तेस्रो पक्ष भनेको न्यूनतम ज्याला अब कम्तिमा १५ डलर पुर्याउने कुरा छ । अहिलेको चुनावी परिणामले यहाँको दैनिक जीवनमा परिवर्तन ल्याउछ । नेपालमा के हुन्छ भने जुन नेताले चुनाव जितेर जान्छ उसैको जीवनमा परिवर्तन आउछ, यहाँ चाहि जनताको जीवनमा परिवर्तन आउछ ।”

यहाँ नेपालीहरु लेभर माइनोरिटी कम्युनिटी हो । अल्पसंख्यक आप्रवासीका विरुद्ध जेजति कामहरु भए त्यसले नेपालीहरुलाई प्रत्यक्ष असर गर्छ । नेपालीहरु प्रभावित थिए ।

अमेरिकामा इपिएसमा बस्ने नेपालीहरु, कतिपय आप्रवासी स्टाटसहरु भित्रका कुराहरु छन, विभिन्न स्टाटसहरुमा बसेका छन । ती नेपालीहरुले आफ्नो स्टाटस परिवर्तन गर्न चाहेर पनि पाएनन । नेपालीहरु कागजात नपाएरु कागज विहिन भएर भूमिगत बस्नुपर्ने अवस्था थियो ।

वाइडेन आइसकेपछि दुईतीन वटा कुराहरु हुन्छन । इपिएस, आप्रवासी स्टाटसहरु रिफर्म हुन्छन । आप्रवासीहरु शान्तपूर्वक काम गरेर खानबस्न सक्ने अवस्था हुन्छ । अल्पसंख्यक अथवा अन्य समुदायको पक्षमा वा सामाजिक न्यायमा मानवअधिकारमा अब वाइडेन प्रशासनले काम गर्छ । उनीहरुले यो कुरा भनिसकेका छन् ।

यहाँको क्रिमिनल जस्टिस प्रणाली रिफर्म गर्ने भनेको छ । जसले गर्दा यहाँ आप्रवासीलाई विभिन्न तनावहरु हुने पुलिसहरुले दुःख दिने, अन्यायपूर्ण तरिकाले खोजतलासी गर्ने, पक्षपात गर्ने, काम गर्ने ठाउँहरुमा विभेदपूर्ण व्यवहार गर्ने, काम पाउनका लागि प्राथमिकीकरण गर्ने जस्तोः ट्रम्पले “पहिला अमेरिकनहरुलाई नै काम दिनुपर्छ” भनेका थिए ।

तर अब अमेरिकामा बसेका सबैले विना रोकतोक काम खोज्न, काम गर्न सक्छन । यी सबै कुराले अल्पसंख्यक गरिखाने समुदायलाई राहत पुग्छ । तेस्रो पक्ष भनेको न्यूनतम ज्याला अब कम्तिमा १५ डलर पुर्याउने कुरा छ । अहिलेको चुनावी परिणामले यहाँको दैनिक जीवनमा परिवर्तन ल्याउछ । नेपालमा के हुन्छ भने जुन नेताले चुनाव जितेर जान्छ उसैको जीवनमा परिवर्तन आउछ, यहाँ चाहि जनताको जीवनमा परिवर्तन आउछ ।

जो वाइडेनको प्रशासन आइसकेपछि सामाजिक न्यायमा कस्तो प्रभाव पार्न सक्छ ?
वाइडेनको जीतपछि विश्व जगत उत्साहित छ । अब अमेरिकाको नेतृत्वमा बिश्व समुदायले जलवायु परिवर्तन, मानवअधिकार वा प्रजातान्त्रिक अभ्यासमा, प्रविधिको विकासको पक्षमा होस् वा कोभिड नियन्त्रणको नेतृत्वमा होस, ग्लोबल कम्युनिटी धेरै उत्साहित छ ।

दोस्रो नेपालमा जतिपनि सामाजिक न्याय र मानवअधिकारका सवालहरु छन, राजनीतिक परिवर्तन भएपनि सामाजिक परिवर्तन नभएका घटनाहरुले विश्वमञ्चमा नेपालको नकारात्मक प्रभाव परिरहेको छ । त्यसलाई कसरी प्रयोग गर्ने भन्नेमा सामाजिक नागरिक क्षेत्रबाट असर पार्छ नै । म के भन्न चाहन्छु भन्दा नेपाललाई अमेरिकाले के गर्छ भन्दापनि नेपालले यसलाई कसरी उपयोग गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।”

ग्लोबल अभियान अझै शसक्त भएर जानेछ । सामाजिक न्याय र मानवअधिकारको अभियानलाई महत्वपूर्ण टेवा दिन्छ भन्नेमा म विश्वस्त छु । ग्लोबल पोलिटिक्स । ग्लोबल जस्टिसमा नेपालमा पनि यसको प्रभाव त पर्छ नै । नेपाललाई हेर्दा दुईवटा पक्षबाट हेर्नुपर्छ । एउटा त विश्वका दुई अत्यन्त शक्तिशाली र ठूला राष्ट्रहरुका बीचमा नेपाल छ ।

त्यसकारण नेपाल अमेरिकाका लागि एउटा महत्वपूर्ण पार्टमा हुन्छ । अमेरिकाका लागि महत्वपूर्ण सहभागी देश हुन्छ । दोस्रो नेपालमा जतिपनि सामाजिक न्याय र मानवअधिकारका सवालहरु छन, राजनीतिक परिवर्तन भएपनि सामाजिक परिवर्तन नभएका घटनाहरुले विश्वमञ्चमा नेपालको नकारात्मक प्रभाव परिरहेको छ ।

त्यसलाई कसरी प्रयोग गर्ने भन्नेमा सामाजिक नागरिक क्षेत्रबाट असर पार्छ नै । म के भन्न चाहन्छु भन्दा नेपाललाई अमेरिकाले के गर्छ भन्दापनि नेपालले यसलाई कसरी उपयोग गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेपाल सरकार, नेपालको सामाजिक प्रशासनले अब आउने अमेरिकी सरकारलाई नेपालको हितमा कसरी प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

वाइडेनले त नेपाललाई प्रयोग गर्न खोज्छ खोज्छ, वाइडेनले चीनलाई पनि व्यालेन्स गर्न चाहान्छ र भारतलाई पनि व्यालेन्स गर्न चाहन्छ । त्यो व्यालेन्समा कही न कही नेपाललाई इंग्गेज त गरिहाल्छ । नेपालको सामाजिक, आर्थिक विकासका लागि नेपाल सरकारले कसरी डिल गर्छ भन्ने कुराले नै यसको निर्धारण हुन्छ ।

अमेरिकाको चुनावमा अहिले नेपाली कम्यूनिटीहरुको सक्रियता बढेको देखियो, यसले के संकेत गर्छ ?
हो । यसलाई दुई हिसावले हुर्नुपर्छ । एउटा सतहि हिसावले हेरियो भने अहिले सोसल मिडियामा छाउने नेपालीहरुको संख्या धेरै छ । तर सोसल मिडियामा देखिएकोमात्रै सबैथोक होइन । सामान्यतया के भन्न सकिन्छ भने नेपाली कम्युनिटीका मान्छेहरु अथवा आप्रवासी समुदायका मान्छेहरु यहाँको मूलधारको राजनीतिमा इंग्गेज हुन थालेको सही हो ।

यहाँको मूलधारको राजनीतिमा बसेर काम गर्न खोज्ने नेपाली समुह दिन प्रतिदिन बढ्दो छ । अहिले नयाँ पुस्ताहरुमा पनि सुरु भएको छ । पूरानो पुस्ता जानेर नजानेर विस्तारै अमेरिकन मूलधारको राजनीतिमा व्यस्त भएको छ । अहिलेको चुनावमा पनि धरै नेपालीहरु भोट हाल्न लागे ।

कारण के पनि थियो भने यदि चुनावमा नलागेको भए र कतै आप्रवासी प्रणालीमा झनभन्दा झन कडाई भयो भने नेपालीलाई पनि प्रभाव पार्दथ्यो । नेपालीहरु यहाँ एकदमै स्कीलफूल, लगानी गर्न सक्ने वा एकदमै हाईस्कील प्रोफेशनलको संख्या निक्कै कम छ । नेपालमा जुनसुकै तहमा बसेको भएपनि अमेरिकामा आइसकेपछि त्यसले फेरी जिरो ग्राउण्डदेखि संघर्ष गर्नुपर्छ । काममै व्यस्त हुनुको विकल्प हुदैन, काम नै गर्न नपाइने होकी भन्ने ट्रम्प प्रशासनको हाउगुजीले गर्दा पनि अहिलेको चुनावमा नेपालीहरुको सक्रियता बढेकै हो ।

तपाई नेपालमा रहँदा दलित आन्दोलनको नेतृत्वमा रहेर काम गर्नुभयो । अहिले अमेरिकामा पनि विभिन्न संघसंगठनमा आवद्ध भएर सक्रिय हुनुहुन्छ ? तपाईलाई के लाग्छ नेपालको दलित आन्दोलन वा सामाजिक न्यायको आन्दोलनले सही दिशामा अघि बढिरहेको छ ?
निक्कै महत्वपूर्ण र मेरो आप्mनो जीवनको पनि नजिकको कुरा उठाउनु भयो । समग्रमा भन्दाखेरी नेपालको दलित आन्दोलन अथवा सामाजिक न्यायको आन्दोलन अहिले विपरित दिशातीर मोडिएको होकी, अझै धेरै छिद्रा—छिद्रा भएको होकी भन्ने अनुभूति हुन्छ । जुन एकीकृत आन्दोलनको अभियानमा हामी सबै लागियो र कामहरु पनि गरेका थियौं ।

मुद्दामा काम भएको थियो । मुद्दामा एकीकृत भएर अगाडि बढेका थियौँ । अहिले के देखिन्छ भने मान्छेको ज्यान नै जादा पनि नरसंहार हुदापनि एकीकृत हुन नसक्नु, राजनीतिक रुपमा विभक्त हुनु, विभाजित हुने वा सामाजिक रुपमा पनि विभक्त हुनुपर्ने अवस्था एकदमै पीडाको बिषय भएको छ । कही न कही यसमा नेतृत्व वा साझा नेतृत्वको विकास हुन नसकेको होकी भन्ने देखिन्छ ।

म तपाईलाई उदाहरण दिन चाहान्छु । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुदा हामीले दलित आन्दोलनको तर्फबाट आरक्षणको बारेमा ज्ञापनपत्र बुझाउन गएका थियौं ।

सिंहदरबारमा ज्ञापनपत्र बुझाइसकेपछि फर्कने क्रममा उहाँले मलाई पछाडीबाट समातेर के भन्नुभयो भने ‘बावु तिमीले यहाँ यो बुझाउन आउदखेरी त्यहाँ तल सिंहदरबार गेटमा ढुङ्गा हान्ने मान्छे लिएर आउनुपर्छ यो कागजमात्र बुझाएर हुदैन’ भन्नुभयो । त्यतिवेला त मैले खासै बुझेन । तर पछि मैले बुझे राज्यलाई कागज बुझाएर मात्रै हुदैन दबाव दिनुपर्छ । राज्यलाई जति शसक्त दबाव दिन्छौ, त्यति धेरै राज्यले सुनुवाई गर्छ ।

हाम्रोमा के भइदियो भने आप्mनो पार्टीले सरकार चलाएको बेला केही नभन्ने चुप्प लागेर बस्दिने, जातीय भेदभावका कारण हत्या भएपनि आँखा चिम्लने प्रवृत्ति भयो । सरकार बाहिर हुनेले वा प्रतिपक्षले सरकारले केही गरेन भनेर आवाज उठाउने प्रवृत्ति छ । त्यो प्रवृत्ति दलीय प्रवृत्ति हो । जबसम्म दलीय प्रवृत्ति हुन्छ सामाजिक रुपान्तरण हुदैन ।

नागरिक संघसंस्थाहरु पनि दलीय रुपमा विभाजित छन । प्रजातान्त्रिक, लोकतान्त्रिक देशमा भोटका हिसावले विचारका हिसावले विभिन्न दलमा विभाजित भइन्छ । दलहरुसँग आस्था हुन्छ नै । तर सामाजिक रुपान्तरणको मुद्दामा एक ठाउँमा आउनुपर्छ ।

त्यसमा दलीय हिसावले हुदैन । जस्तोः अमेरिकको उदाहरण म भन्छु रेसियल जस्टिसको मुद्दामा यहाँ कहिले पनि दलीय विभाजन छैन । हिजो बाराक ओबामा आउदाखेरी पनि सडकमा आन्दोलन चलेकै थियो । किन भने राज्यलाई नागरिकको शसक्त उपस्थिति सधै नै भइरहनु पर्छ । अनि बल्ल राज्य जवाफदेही हुन्छ । नागरिक समाज शसक्त भयोभने सामाजिक रुपान्तरणका काम गर्न सक्छौं ।

“नेपालमा जुनसुकै तहमा बसेको भएपनि अमेरिकामा आइसकेपछि त्यसले फेरी जिरो ग्राउण्डदेखि संघर्ष गर्नुपर्छ । काममै व्यस्त हुनुको विकल्प हुदैन, काम नै गर्न नपाइने होकी भन्ने ट्रम्प प्रशासनको हाउगुजीले गर्दा पनि अहिलेको चुनावमा नेपालीहरुको सक्रियता बढेकै हो । हाम्रोमा के भइदियो भने आप्mनो पार्टीले सरकार चलाएको बेला केही नभन्ने चुप्प लागेर बस्दिने, जातीय भेदभावका कारण हत्या भएपनि आँखा चिम्लने प्रवृत्ति भयो । सरकार बाहिर हुनेले वा प्रतिपक्षले सरकारले केही गरेन भनेर आवाज उठाउने प्रवृत्ति छ । त्यो प्रवृत्ति दलीय प्रवृत्ति हो । जबसम्म दलीय प्रवृत्ति हुन्छ सामाजिक रुपान्तरण हुदैन ।”

 

तर अहिले नेपालमा नाम चलेका मानवअधिकारकर्मीहरु दलितमाथि नरसंहार हुदा पनि बोल्दैनन् । त्यत्रो रुकुमपश्चिम नरसंहार भयो तर अगुवा मानवअधिकारकर्मीहरु, इन्सेकको नेतृत्व बोल्दैन । राज्यशक्ताबाट प्रत्यक्ष सुविधा लिइरहेकाहरु बोल्दैनन । त्यसकारण सामाजिक न्याय पनि मानवअधिकार आन्दोलन पनि दलीय आन्दोलनको रुपमा विभक्त भयो ।

जबसम्म सामाजिक न्याय र मानवअधिकारको मुद्दालाई दलीय मुद्दाबाट टाढा बनाउन सक्दैनौं तबसम्म समस्या रहन्छ । यो दुभाग्र्य हो, सामाजिक न्यायमा राज्य गैरजिम्मेवार हुन सक्ने संभावना हुन्छ । भएको छ । जसले गर्दा राज्यमा दलितको उपस्थिति गौण भन्दै गएको छ । तपाईले अहिलेको अवस्थामा दलित आयोगलाई हेर्दा हुन्छ ।

सामाजिक न्याय र मानवअधिकारको मुद्दा राष्ट्रिय मात्र रहेन । यो ग्लोबल्ली रहने कुरा भयो । जातीय भेदभाव तथा छुवाछूतको सवालले पनि ग्लोबल्ली रुपमा स्थान ग्रहण गर्दै गएको हो ?
सामाजिक न्यायको आन्दोलन वा मानवअधिकारको आन्दोलनहरु स्थानीय तहदेखि राष्ट्रिय तह हुदै अन्तर्राष्ट्रिय तहमा जान्छ । जातीय विभेद विरुद्धको आन्दोलन पनि अहिले विश्वव्यापीकरण हुदै गएको छ । हामी ग्लोबल समुदायलाई जातीय भेदभाव भनेको के हो र यसले मानव जीवन र समाजमा कस्तो असर पार्छ भन्ने कुराहरुलाई पैरवी गरिरहेका छौं । विश्वको ध्यानाकर्षण गर्ने काम भइरहेको छ ।

ग्लोबल्ली काम गर्नेहरुको संख्या बढ्दै छ । नेपालमा ‘अब दलितका अधिकारहरु संविधानमा आयो, कानुन आयो, अब के चाहियो तपाईहरुले के कुरा गरिराख्नु भएको’ भन्ने खालका कुराहरु गैरदलित अगुवाहरुबाट आउछ । तर म के भन्छु भने कानुनमा संविधानमा राखेरमात्र हुदैन । त्यसको पूर्णरुपमा कार्यान्वयन हुनुपर्यो । त्यो हुन सकेको छैन । राज्य सञ्चालनमा समावेशी उपस्थिति हुन सकेन भने जति कानुन बनाए पनि कार्यान्वयन हुदो रहेन छ । त्यो कानुन त अरुलाई देखाउन बनाएको जस्तो भयो । हामीले बुझ्नु पर्छ ।

यतिवेला दलित आन्दोलन छरिएको, एकीकृत हुन नसकेको वा राजनीतिक र क्षेत्रीय रुपमा विभक्त भएको देखिन्छ । दलित आन्दोललाई कसरी संगठित बनाउने ? यसमा प्रवासबाट के कस्तो भूमिका रहन्छ ?
संगठित हुने भनेको जो जहाँ छ त्यहीबाट हुनसक्ने कुरा हो । बास्तवमा मद्दाको कुरामा एक हुनुपर्छ । साझा धारणा हुनु पर्यो । दलीय धारणा फरक कुरा हो । डायस्पोरा ग्रुपले के गर्न सक्छन त भन्दा जो जहाँ बसेको छ त्यहीबाट आन्दोलनको घटनाक्रमलाई उठाई दिने हो ।

नेपालबाट अमेरिका आउने राज्यका प्रतिनिधिहरुलाई हामीले यहाँ ध्यानाकर्षण गरेर दबाव दिन्छों । त्यसको पनि ठूलो अर्थ रहदो रहेछ । देशमा भएका आन्दोलनहरुमा श्रोत साधनहरुले सहयोग गर्न सक्छन । तर एकापसमा समन्वयको खाँचो छ । एकीकृतका नाममा अन्तत एक्लै हुने अभियानहरु हामीमा चलेका छन । सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्छ । सबैको एक्यबद्धतालाई प्रयोग गर्नुपर्छ ।

तपाई अमेरिकामै संस्था खोलेर सक्रिय हुनुहुन्छ, सामाजिक न्यायका सवालमा काम गर्दै आउनुभएको छ । इन्टरनेशनल कमिशन फर दलित राईट्स (आाइसीडिर) का अभियानहरु बारेमा बताइदिनुस् न ।
इन्टरनेशनल कमिशन फर दलित राईट्स भनेको ग्लोबल्ली रुपमा पोलिसीयरको संस्था हो । एउटा निश्चित देशभन्दा पनि ग्लोबल कन्टेक्समा काम गर्छाैं । यसको हेडक्वाटर बासिन्टन डिसीमा छ । बढिमात्रामा साउथ एसियामा काम गर्छौं । निकट भविश्यमा हामीले दलित डिफेन्डर रिर्पोट ल्याउदै छौं । जसमा कानुनी कुराहरुको अवस्थालाई सार्वजनिक गर्ने छ । दोस्रो अहिले हामीले गरिरहेको जातले चुनावमा र राजनीतिमा कस्तो असर गर्छ ? भनेर नेपालीसहित पाँचवटा भाषामा सर्वे गरेका छौं ।

त्यो आउदै छ । त्यो रिर्पोटका आधारमा कसरी क्रिमिनल जस्टिसलाई रिफर्म गर्न सक्छौं भन्ने आधार प्राप्त हनेछ । चुनाव प्रणालीमा के गरियो भने अल्पसंख्यक वर्ग बढिभन्दा बढी सहभागी हुन सक्छ भन्ने कुराहरु सर्वेबाट आउने छ ।

विभिन्न मुद्दाहरुमा ग्लोबल्ली काम गरिरहेका छौं । कानुनी सर्पोटहरु गर्ने काम गर्छौं । नागरिक समाजसँगमात्रै होइनकी सरकारी एजेन्सीसँग पनि काम गर्छौं । नेपालको संविधान निर्माण र कानुन निर्माणका सवालमा जोडिएर काम गरेका छौं । मानवअधिकारका क्षेत्रमा काम गरेका छौं । दलित अधिकारको मुद्दालाई कुनै धर्म र संस्कृतिको विरुद्धमा भन्दापनि सामाजिक रुपान्तरणको लागि काम गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button