काँग्रेस नेता विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौँ, मंसीर ३ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका विश्वकर्माको उपचारमा सहयोग गर्न काँग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएको थियो । दलित राजनीतिक संघसंगठनहरुले पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।
कोरोना संक्रमण पुष्टि भइसकेपछि विश्वकर्मा केही दिन होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या थपिँदै गएपछि वीर अस्पताल भर्ना भएका उनलाई पछि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । ग्रान्डीमा ६ दिन भेन्टिलेटरमा राखेर उपचार भएको थियो । कात्तिक २४ गतेबाट विश्वकर्मालाई भेन्टिलेटरबाट निकालिएको थियो । हाल स्वास्थ्यमा सुधार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button