पोखराका विपन्न परिवारलाई राहत

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएकी समाजसेवी एवं अधिकारकर्मी बिष्णुमाया परियारले आफ्ना समाजसेवी साथीहरुसँगको सहकार्यमा कास्की पोखरा महानगरपालिकाका विपन्न परिवारलाई राहत उपलब्ध गराउनुभएको छ ।


कोरोना भाइरसले विश्व आक्रान्त पारेका बेला दलित महिला संघ कास्कीमार्फत अशक्त, असहाय तथा बिपन्नहरुका लागि राहत वितरण गरिएको हो । बडा दशैँको अवसर पारेर ती परिवारको भोकमा भोजन उपलब्ध गराउन पाउँदा आफूलाई पनि खुसी लागेको परियारले भन्नुभयो ‘धेरै दिन नसके पनि साथीहरुसँग मिलेर केही रकम जुटाएर सहयोग गरेका छौँ, हाम्रो सानो सहयोगले केही परिवारलाई थोरै समयलाई भएपनि राहत हुन्छ भन्ने हेतुले यो प्रयास गरेका हौँ ।’


पोखराका विभिन्न वडाका १६ घर परिवारलाई एक बोरा चामल, २ केजी दाल, २ केजी चिनी, २ लिटर तेल, नुनका साथै अन्य खाद्य सामाग्री समेत वितरण गरिएको थियो । प्रत्येक परिवारलाई एक—एक हजार रुपैँया नगद पनि उपलब्ध गराइएको थियो ।  विष्णुमाया परियारसँगै राहत उपलब्ध गराउन सहयोग गर्नुहुनेहरुमा कल्पना सुनार, रच्चु थापा, मनकुमारी पुन, चुन्दला शेर्पा, तुम्ला श्रेष्ठ, कृष्ण सिंह, उर्मिला लामगादे, यमुना पोख्रेल, चमेली परियार, विमला लिम्बु, भुवन विश्वकर्मा र अतिकला लामा, उजेलि रामजाली हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button