कैलालीमा चाडपर्व लक्षित निषेधाज्ञा जारी

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा जारी गरेको छ । चाडपर्वमा हुन सक्ने कोरोनाको जोखिम बढाउने खालका चुनौतीपूर्ण गतिविधिमा रोक लगाइएको हो ।

विशेष गरी शुभकामना आदानप्रदान तथा पूजा पाठलाई व्यवस्थित बनाउने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । शनिवार देखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । निषेधाज्ञा उलंघन गरे प्रचलित कानुन अनुसार कडा कारबाही गरिने उनले बताए ।

उनले जारी गरेको आदेश अनुसार तोकिएका मापदण्ड पूरा गरी जिल्लाभित्र लामो, मध्यम र छोटो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ । तर, सबै सार्वजनिक यातायातले २०७६ चैत ११ गते भन्दा पहिले कायम गरिएको नियमित भाडादर भन्दा कुनै किसिमको थप भाडा लिन नपाइने जनाइएको छ । जिल्लाभित्र मेला, महोत्सव, खेलकुद प्रतियोगिता तथा जमघट समेत गर्न नपाइने आदेशमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button