दसैँपछि सरकारविरुद्ध व्यापक आन्दोलन गछौँः सभापति देउवा

काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध दसैँपछि व्यापक आन्दोलन गर्ने बताएका छन् । पार्टीले गठन गरेको कोरोना संक्रमण अनुगमन समितिले तयार गरेको प्रतिवेदन बुझ्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।

कोरोना संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको भन्दै सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको पनि सभापति देउवाले आरोप लगाए ।

औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button