मन्त्रिपरिषदको बैठक सचिव सरुवा बढुवामा केन्द्रित, को कहाँ सरुवा भए ?

काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै ३ जना मन्त्री नियुक्त गरे । बुधबार नियुक्त भएका मन्त्रीहरुले बिहीबार सपथ ग्रहण गरेर कार्यभार सम्हाले । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेकै दिन मन्त्रिपरिषदको बैठक बस्यो, जुन बैठकले अन्य निर्णय गरेन ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको व्यापक सरुवा गरेको छ । यसरी सरुवा हुने सचिवहरुमा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा, उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराल प्रधानमन्त्री कार्यालयमा सरुवा रहेका छन् ।

बैठकले भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की जल तथा उर्जा आयोगमा सरुवा भएका छन् भने सो आयोगमा रहेका सचिव रमेशप्रसाद सिंह शहरी विकास मन्त्रालयमा सरुवा भएका छन् । काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ ।

खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गरिएको छ । सिंचाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा, प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button