कोभिड–१९ र दक्षिण कोरियाका नेपाली विद्यार्थी

  • डा. बोजिन्द्र तुलाचन राजु रसाली

हाल विश्व कोभिड १९ सँग लडिरहेको छ । यसले संसारका धेरै देशहरूमा प्रत्यक्षरुपमा मानवीय क्षति गरिरहेको छ । कोभिड-१९ ले समाजमा सामाजिक, राजनैतिक, आर्थिक र शैक्षिक क्षेत्रमा प्रत्यक्ष रुपमा प्रभाव पारेको पाइन्छ । कोभिड-१९ पछि संसारका धेरै शैक्षिक केन्द्रहरू, विश्वविद्यालयहरू पूर्णरुपमा बन्द जस्तै छन् यसले गर्दा धेरै विद्यार्थीहरुका भविष्य अन्योल थपिएको छ । विश्वका १९२ देशहरुले स्थानीय रूपमा सबै शैक्षिक संस्थाहरु बन्द गरेका छन् ।

यतिबेला विश्वभर करिब १ अर्ब ७२ करोड ४६ लाख ५७ हजार ८७० विद्यार्थीहरुको दैनिक पठनपाठन र नियमित परीक्षाको तालिका अवरुद्ध भएको थियो । तर संसारका धेरै विकसित देशहरुले अनलाइनमार्फत विद्यार्थीहरुलाई शिक्षा दिइरहेका छन् तर नेपालमा भने अधिकांश ग्रामीण क्षेत्रका विद्यार्थीहरु आधुनिक प्रविधि नहुँदा अनलाइन कक्षा लिनबाट वञ्चित रहनुपरेको छ ।

‘नेपाल सरकार शिक्षा मन्त्रालयले आर्थिक वर्ष २०७४र ७५ मा जनाए अनुसार ५८ हजार ७ सय ५८ जना नेपाली विद्यार्थीहरू विदेश पढ्न गएका छन । यस्ता विद्यार्थीहरूबाट ११ करोड ,७५ लाख १६ हजार राजस्व उठेको थियो ।’

कोभिड-१९ ले अन्य क्षेत्रमा जस्तै शैक्षिक क्षेत्रमा निकै ठूलो प्रभाव पारेको छ । शैक्षिक क्षेत्र र विद्यार्थीमा पारेको असरको बारेमा धेरै छलफल र बहस हुनुपर्ने हो तर यसबारेमा सम्बन्धित निकायको कुनै पनि सरोकार देखिँदैन । शिक्षा क्षेत्रमा देखिएका समस्या र नयाँ विकल्पहरु नहुँदा धेरै युवायुवतीहरु अध्ययनको लागि बिदेशिन बाध्य छन् ।

देशमा पछिल्लो समय आएको राजनैतिक परिवर्तनले पनि शिक्षा क्षेत्रमा खासै उल्लेखनीय परिवर्तन गर्न सकेन किनकि शिक्षा क्षेत्रलाई राज्यले कहिल्यै पनि मुख्य बिषय बनाउन सकेन । नेपालको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने पनि करिब ७० लाख मानिसहरू रोजगारी ,उच्च शिक्षा र व्यवसायिक तवरले बाहिर छन् । यसरी बाहिरिएका ठूलो जनशक्तिलाई कोभिड–१९ ले निकै ठूलो प्रभाव पारेको छ ।

धेरैको रोजगारी गुमेको छ, विद्यार्थीहरुले धेरै किसिमका समस्याहरु भोगिरहेका छन् यसबारेमा सरकारको खासै ध्यान गएको देखिँदैन । विद्यार्थीहरु चाहे स्वदेशमा हुन् वा विदेशमा अहिलेको विषम परिस्थितिमा निकै ठुला र समस्याहरु भोगिरहेका छन् खास गरेर विदेशमा रहने नेपाली विद्यार्थीहरुका आफ्नै किसिमका समस्याहरु छन् विद्यार्थीहरुका समस्याहरुलाई साझा समस्याको रुपमा पनि बुझ्न सक्नु पर्दछ ।

नेपाल सरकार शिक्षा मन्त्रालयले आर्थिक वर्ष २०७४र ७५ मा जनाए अनुसार ५८ हजार ७ सय ५८ जना नेपाली विद्यार्थीहरू विदेश पढ्न गएका छन । यस्ता विद्यार्थीहरूबाट ११ करोड ,७५ लाख १६ हजार राजस्व उठेको थियो । विद्यार्थीहरुबाट राजस्व लिन तयार रहने सरकार हाल कोभिड-१९ को यो विषम परिस्थितिमा विदेशमा पढ्न गएका विद्यार्थीहरूका समस्याका बारेमा भने मौन छ ।

‘कोभिड-१९ पछि आएका समस्याहरूको बारेमा हामी नेपाली विद्यार्थीहरु एक आपसमा मिलेर समस्या समधान गरिरहेका छौं । दुःख लाग्छ यस्तो विषम परिस्थितिमा पनि राज्यले विदेशमा पढ्न गएका आफ्ना विद्यार्थीहरूलाई कुनै पनि वास्ता गरेको छैन ।’

हाल देशको पछिल्लो अवस्थामा हेर्दा १९ देखि २५ बर्ष सम्मका युवायुवतीहरू विदेश पढ्न गएका छन् । विदेश पढ्न आएका हाल अधिकांश नेपाली विद्यार्थीहरुको अनलाइन मार्फत आफ्ना कक्षाहरु सञ्चालन गरिरहेका छन् ।

कोभिड-१९ले नेपाली विद्यार्थीहरुमा धेरै ठाउँमा साझा समस्याहरु देखा परेका छन् विगत ३ वर्षदेखि गोरखा घर भई हाल ताइवानमा National Chung Cheng university पढ्दै आएका जीवन श्रेष्ठका अनुसार ताइवानमा पढाइ सकेर नेपाल फर्कन चाहने विद्यार्थीहरूको लागि कुनै पनि विकल्प भएको छैन ।

कोभिड-१९ पछि आएका समस्याहरूको बारेमा हामी नेपाली विद्यार्थीहरु एक आपसमा मिलेर समस्या समधान गरिरहेका छौं । दुःख लाग्छ यस्तो विषम परिस्थितिमा पनि राज्यले विदेशमा पढ्न गएका आफ्ना विद्यार्थीहरूलाई कुनै पनि वास्ता गरेको छैन । विदेश पढ्न आएका अधिकांश विद्यार्थीहरुमा कोभिड-१९ संगै सामाजिक, आर्थिक र मानसिक रुपमा निकै तनावहरु बढ्दैछ । यस्ता तनावले विद्यार्थीहरूको शैक्षिक गुणस्तर विकास गर्ने कुरामा प्रत्यक्षरुपमा असर पर्ने देखिन्छ ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभाग कीर्तिपुर काठमाडौंका उपप्रधापक तथा समाजशास्त्री दिपेश घिमिरेका अनुसार हाल देश छोडेर विदेशमा बसेर अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थीहरुमा यतिबेला निकै ठूलो चिन्ता र समस्या बढेको छ । राज्य सबै नागरिकको अभिभावक हो । राज्यसँग सबै विकल्पहरू खुला छन् ।

तर विदेशमा गएका नागरिकहरूलाई राज्यले कहिल्यै पनि आफ्नो नागरिक सम्झेको पाइँदैन । संसारका धेरै ठाउँहरुमा छरिएर रहेका नेपाली विद्यार्थीहरुका लागि यतिबेला ठूलो संकट छ । उनीहरु मानसिक रुपमा पीडित छन्। बेरोजगारी छन् , पढाइको चाप छ । त्यसकारण धेरै नेपाली विद्यार्थीहरुमा धेरै प्रकारका समस्याहरु थपिँदैछन् यसतर्फ राज्यको ध्यान जानुपर्ने देखिन्छ ।

पछिल्लो समय दक्षिण कोरिया नेपाली विद्यार्थीहरूको लागि एउटा निकै राम्रो शैक्षिक गन्तव्यको रुपमा परिचित बन्दैछ । कोरिया आएर धेरै विद्यार्थीहरुले उच्चशिक्षा हासिल गरिरहेका छन् । खास गरेर रोजगारीको सिलसिलामा नेपालीहरु धेरै कोरियामा रहेपनि पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि नेपालीहरु कोरिया आउने र कोरियाबाट पढाइ सकेर नेपाल फर्कने क्रम पनि बढ्दै गरेको छ ।

कोरियन सरकार बिदेशी विद्यार्थीहरु प्रति सहज र सरल नीतिका कारण पनि नेपाली विद्यार्थीहरूको संख्या दिनानुदिन बढ्दै जानु हो । कोरियामा नेपाली विद्यार्थीहरुका लागि धेरै सम्भावना र चुनौतिहरु पनि छन् अधिकांश नेपाली विद्यार्थीहरु आफ्नो पढाइ सकेर कोरियामा नै निरन्तर रुपमा बस्दै आइरहेका पनि छन् । सुरुका दिनहरुमा कोरियामा अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि भाषाको समस्या रोजगारी नपाउनु जस्ता समस्याहरु पनि छन् ।

तर पनि केही विद्यार्थीहरु कोरियन रेष्टुरेन्टहरुमा, साना तथा मझौला कम्पनीहरुमा र पछिल्लो समय खोलिएका रेमिट्यान्स कम्पनीहरुमा प्रशस्त रुपमा रोजगारी पाइरहेका पनि छन् । लामो समयदेखि कोरीया बस्दै आएका पोखराका तेज सुनुवारका अनुसार कोरियामा उच्चशिक्षा हासिल गर्न सके निकै राम्रा सम्भावनाहरु पनि रहेको र दैनिक रुपमा गुजारा चलाउन पनि त्यति गाह्रो नभएको अनुभव छ ।

नेपालबाट कोरिया अध्ययनको लागि आउने भनेका प्रायजसो दुई प्रकारका विद्यार्थीहरु आउने गरेका छन् । एउटा कोरियन भाषा D-4  भिसा र अर्को D-4  भिसा अथात एकाडमिक यस्ता धेरै विद्यार्थीहरु कोरियामा अध्ययन गरिरहेका छन् । यसरी अध्ययन गरिरहेका नेपाली बिद्यार्थीहरुका आफ्ना नयाँ र नौला अनुभवहरु पनि धेरै छन् ।

कोभिड-१९ को समस्याले गर्दा नेपालबाट कोरिया आउन नपाएका र कोरियाबाट नेपाल गएका केहि बिद्यार्थीका समस्याहरू पनि छन । कोरियामा कोभिड-१९ फैलन सुरु गरेपछि Calvin university मा मास्टर गरिरहेका म्याग्दीका प्रदिप बज्राचार्य नेपाल गए तर नेपालमा पनि कोभिड-१९ फैलावट र अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोकका कारण उनी कोरिया फिर्ता हुन सकेका छैनन् । उनको यही सेप्टेम्बरमा भिसा सकिँदै छ ।

यो त एउटा उदाहरण मात्र हो यस्ता धेरै विद्यार्थीहरु यस्ता किसिमका समस्या परिरहेका छन् । कोभिड-१९ को महामारीकै समयमा कोरिया प्रवेश गरेका धेरै नेपाली विद्यार्थीहरुमा निकै ठूला समस्याहरु पनि देखापर्दै गरिरहेका छन् । आफ्नो नाम बताउन नजाने उनीहरुका अनुसार खानको समस्या ,रुम को समस्या, बस्नको समस्या र काम नपाउने जस्ता कुराले उनीहरुलाई दिनानुदिन तनाव थपिदै गरिरहेको बताउदछन ।

कोभिड-१९ को असर सँगै कोरियामा रहेका अधिकांश विश्वविद्यालयहरूले विद्यार्थीहरुका लागि अनलाइनमा क्लास सञ्चालन गरिरहेका छन् यसरी अनलाइनमा सञ्चालन गरिरहेका कक्षाहरुमा केहि युनिभर्सिटीका विद्यार्थीहरु सन्तुष्टि छन् भने अधिकांश युनिभर्सिटीका विद्यार्थीहरुमा सन्तुष्टि देखिँदैन ।

अनलाइन क्लासमा केही असर पर्यो तर रिसर्च, ल्याबमा खासै असर परेन तर दगकष्लभकक ल्याब भने पुरै बन्द हुन पुग्यो । यसले गर्दा हामीलाई निकै ठूलो समस्या भइरहेको बताउदछन Ajou  युनिभर्सिटीमा PhD अध्यानरत सुशिल गैरे ।

सरकार शिक्षा मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४-७५ यस मन्त्रालयमार्फत   लिएर १०२९ जना विद्यार्थी कोरिया गएको तथ्यांक छ । त्यस्तै कोरियन सरकारको २०१९ मार्च ३१ तारिकसम्म को तथ्यांक अनुसार D-2 भिसामा रहेका १६८४ , D-2 विषयमा रहेका २४३ गरी १९२७ जना नेपाली बिद्यार्थीहरुको हाल दक्षिण कोरियामा रहेको जनाएको छ ।

हाल यो संख्या निकै बढेको Nepalese Student in Korea- SONSIK का उपाध्यक्ष सिरी सत्यालको अनुमान छ । विद्यार्थीहरुमा बेरोजगार बढ्दै गएसँगै नेपालबाट पैसा ल्याएर पनि आफ्नो गुजारा चलाउनुपर्ने अवस्था धेरै विद्यार्थीमा आएको पाइन्छ । सामान्यरूपमा पाईएका पाट टाईम कामहरुबाट पनि दैनिक गुजारा चल्न निकै कठिन बन्दै गएको छ ।

यस्तै लामो समयदेखि कोरियमा बस्दै आएका जुम्लाका हाल पीएचडी अध्ययनरत विद्यार्थी पदम कार्कीको आफ्नै अनुभव छ । उनी भन्छन् पुराना दिनहरुमा कोरियामा कामहरु पनि राम्रै पाइन्थ्यो । अहिले कोभिड-१९ वृद्धि र नेपाली विद्यार्थीहरूको संख्या वृद्धिले गर्दा पनि कोरियामा विद्यार्थीहरुका लागि कामहरुमा समस्या आएको छ ।

उनी थप्छन् अनलाइन कक्षाहरु सञ्चालन हुन थालेपछि हाल आएका नयाँ विद्यार्थीहरुले प्रोफेसरसंग प्रत्यक्ष भेटघाट गर्न पाएका छैनन् भने विश्वविद्यालयका अन्य अनुभवहरु बाट पनि वञ्चित छन् । त्यसकारण नेपाली विद्यार्थीहरु कै विचमा पनि एकप्रकारको छलफलको बहसको हुनु जरुरी देखिन्छ ।

कोरिया स्थित नेपाली दूतावासले पनि कोभिड-१९ को समयमा विद्यार्थीहरुमा उत्पन्न भएका विभिन्न समस्याहरुलाई सम्बोधन गर्न र छलफल गर्न नसकेको स्वीकार गर्दछ । आशा गरौ कोरियालगायत विभिन्न देशमा रहेका नेपाली विद्यार्थीहरुका समस्याका बारेमा सम्बन्धित निकायले छिटोभन्दा छिटो ध्यान दिनेछन् ।

कोभिड-१९ शिक्षा क्षेत्रमा पारेको असर र यसले विद्यार्थीहरूको जीवनमा पर्ने प्रभाव निकै गम्भीर हुने देखिन्छ । विदेशमा पढ्न आएका विद्यार्थीहरूका तत्कालका समस्याहरु मात्र नभएर दीर्घकालीन रूपमा पढेर फर्किसकेपछि के गर्ने भन्ने कुरा पनि महत्वपूर्ण छ । विदेशमा पढेका र उनीहरुलाई कसरी परिचालन गर्ने भन्ने बारेमा राज्यले खासै चासो दिएको छैन ।

राज्यले शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकताका साथ अगाडि बढाउँदै विकास गर्नुपर्दछ । शिक्षामा देखिएको विभेदकारी नीति जसले सरकारी र निजी गरेर शिक्षा छुट्याएको छ । यसकारणले पनि शिक्षामा विकास हुन नसकेको हो ।

यसतर्फ राज्यको ध्यान जानु जरुरी हुन्छ । नेपालको ठूलो शिक्षित जनशक्ति बाहिर छ यसबाट पनि राज्यलाई निकै ठूलो घाटा परिरहेको छ । विदेश पढ्न जाने भनेर नेपालमा पढ्नलाई निरन्तरता नदिने युवा युवतीहरूको संख्या पनि निकै बढी छ । हामी कहाँ १२ कक्षा पास गरेपछि विदेश जाने र कमाउने धेरैको सपना छ ।

तर विदेशमा गएपछिका समस्याहरूमा भने धेरै जानकार छैनन । पढ्न जाने देशका बारेमा जानकारी लिन नसक्ने, जुन विषय र जुन देश भए पनि हुने , सम्बन्धित देशका शिक्षा नितिहरूका बारेमा जानकारी नहुने जस्ता कारणले पनि नेपाली विद्यार्थीहरू विदेशमा निकै दुःख पाएका धेरै उदाहरणहरू छन । सरकारले पनि कुन तहका विद्यार्थीहरूलाइ विदेश पढ्न जान दिने भन्नेमा नियम बनाइदिनु जरूरी छ ।

ताकी उनीहरू विदेशमा गएर पनि पढाइ छोड्न नपरोस् । लाखै रूपैया लिने र विदेश पढ्न पठाउने धेरै शैक्षिक कन्सलटेन्सिहरू नेपालमा क्रियाशिल छन । उनीहरुले विद्यार्थीहरुलाई लाग्नेभन्दा दोब्बर पैसा लिने र अनावश्यक आश्वासनहरु दिने गरेको धेरै विद्यार्थीहरूको गुनासो छ ।

सरकारले विदेश पढ्न जाने विद्यार्थीहरुलाई कम गरि नयाँ विषयहरु स्थापना गरेर स्वदेशमै शैक्षिक जनशक्ति विकास गरी स्वदेशमै लगानी गर्न सके निकै प्रभावकारी हुने थियो ।

सके सरकारले हालका शैक्षिक कन्सलटेन्सीहरुबाट गर्दै आइरहेका मनपरी पैसा लिने कामलाई तत्काल तत्काल रोक्नुपर्छ । शैक्षिक कन्सलटेन्सीहरुले विद्यार्थीहरुलाई विदेश पढ्नकोलागि भन्दा पनि रोजगारी गर्न गएको जस्तो व्यवहार गरिरहेका छन् । त्यसकारण यस क्षेत्रमा पनि राज्यले तत्काल मापदण्डहरु बनाएर शैक्षिक कन्सलटेन्सीहरुलाई निगरानी गर्नुपर्ने देखिन्छ ।

कन्सलटेन्सीहरुलाई निगरानी गर्नुपर्ने देखिन्छ । भने कोभिड-१९को परिस्थिति बिदेशमा रहेका सम्पूर्ण विद्यार्थीहरुका समस्याहरुलाई मध्यनजर गर्दै सम्बन्धित निकाय अथवा राज्यबाट आर्थिक ,सामाजिक र मनोवैज्ञानिक जस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । साभारः SONSIK स्मारिका, २०२० दक्षिण कोरिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button