प्रकाश बराइलीको ‘जातीय भेदभाव’ गीत सार्वजनिक

काठमाडौँ । जातीय विभेदविरुद्ध सञ्चरकर्मी एवं कलाकार प्रकाश बराइली (अभिव्यक्ति) को ‘जातीय भेदभाव’ नामक गीत सार्वजनिक भएको छ । समाजमा भैरहेको दलितमाथिको हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्याहिंसाको सो गीतमा चित्रण गरिएको छ । गीतमा गायिका बिन्दु बिसी र प्रकाश बराइलीकै आवाज रहेको छ ।

गीतमा बराइलीको शब्द, गायक सङ्गीतकार रमेश विक्रम रत्नको सङ्गीत रहेको छ । भिडियोमा चर्चित कलाकार शिव विक, चन्द्र शर्मा, शङ्कर बिसी, शिवन पोखरेल, होम धिताल, राकेश शोनी, टीका भुजेल, प्रकाश बराइली अभिव्यक्ति, ध्रुव हिमाली, निर आले मगर, राजकुमार रायमाझी, राजु रिजाल, दिपाशा बिसी, रिना थापामगर, आशा भुसाल, अनिता बस्नेत, मैना रेश्मी मगर, वर्षा शिलवाल, उषा सुवेदी, रितु तामाङ, सोनम गुरुङ, बिन्दु बिसी, बन्दना नेपाल, आइसा राईलगायतको अभिनय रहेको छ । गीतमा पछिल्लो समयमा जातीय भेदभाव तथा छुवाछूतका कारण देशैभरि भएका घटनालाई समेत समावेश गरिएको गायक बराइलीले जानकारी दिए ।

त्यसैगरी गायिका सीता रसाइलीले जातीय भेदभावमा आधारित तीज गीत ‘वर्ष दिन बितेको’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेकी थिइन् । सङ्गीतकार बिबी अनुरागीको शब्द र सङ्गीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button