सीता रसाईलीको जनचेतनामुलक तीज गीत वर्ष दिन सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । सीता रसाईलीको जनचेतनामुलक तीज गीत वर्ष दिन सार्वजनिक भएको छ । डा मोम विश्वकर्माको प्रस्तुतिमा सीता रसाईलीको तीज गीत वर्ष दिन वितेको पत्तै भएन सार्वजनिक भएको हो ।

उक्त गीतको म्युजिक भिडियो विविध नेपाली मिडिया युट्युब च्यानलमार्फत केहि समय अगाडि सार्वजनिक गरिएको हो । सो गीतको शब्दले नेपाली समाजमा देखिएक विकृति, विसंगति, भेदभाव तथा छुवाछूतजस्ता व्यवहारले निम्त्याएको अकल्पनीय घटनालाई उजागर गर्न खोजेको छ ।

त्यस्तै, समाजमा शिक्षित र पढेलेखेका भन्ने व्यक्तिबाट नै दुर्व्यवहार भैइरहेको पनि गीतको शब्दमा उठान गरिएको छ । सो गीत तीज गीतको शैलीमा तयार गरिएको छ ।

प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा बीबी अनुरागीको शब्द तथा संगीत रहेको छ भने श्यामश्वेत रसाईलीले मिक्सिङ्ग गरेका हुन । शंकर विसीको निर्देशन रहेको सो गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी, बन्दना नेपाल र उत्साह घिमिरेले अभिनयको मुख्य भुमिका निर्वाह गरेका छ्न ।

दुर्गा पौडेलले छ्यायङ्कन गरेको सो म्युजिक भिडियोमा नबिन घर्तीमगरको सम्पादन रहेको छ भने कृष्ण फिल्मस एण्ड एड्भरटाईजिङले दृश्य निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button