व्यवसायीले भनेः अहिलेकै अवस्थामा गाडी चलाउन सकिदैन्

काठमाडौँ । यातायात व्यवसायीले अहिलेकै अवस्थामा गाडी चलाउन नसक्ने बताएका छन् । सरकारले सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको तीन दिन भैसक्दा पनि यातायात व्यवसायीले गाडी चलाउन मानेका छैनन् । यातायात व्यवसायी तथा यातायात मजदूरले यातायात क्षेत्रका श्रमिकको स्वास्थ्यलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले श्रमिकको आधारभूत स्वास्थ्य र सुरक्षाका विषयमा यातायात व्यवसायीका न्यूनतम मागलाई सम्बोधन नगरीकन सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरेकाले यथास्थितिमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नसकिने बताए ।

लकडाउनपछिको अवस्थामा सार्वजनिक सवारीसाधन सञ्चालन विधि र प्रक्रियाका बारेमा छलफल चलिरहेको बेला सरकारले सार्वजनिक गाडी सञ्चालन गर्ने निर्णय गरेपछि अन्योल भएको उनले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदूर सङ्घ, अखिल नेपाल यातायात मजदूर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले संयुक्त रुपमा सवारी सञ्चालन कार्यविधि बनाएर सार्वजनिक गाडी चलाउनुपर्ने निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button