आर्सनल एफए कपको फुटबलको सेमिफाइनलमा

काठमाडौँ । आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम चारमा पुगेको हो ।आर्सनललाई जित दिलाउन निकोलस पेपे र ड्यानियल सेबालसले एक एक गोल गरे ।

सेफिल्डका डाभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए । खेलको २५ औं मिनेटमा निकोलसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ८७ औं मिनेटमा डाभिडले गोल गर्दै सेफिल्डलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा ड्यानियलले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए । यससँगै आर्सनल एफए कपको सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । यसअघि म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button