इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर सिटी विजयी

काठमाडौँ । कोरोना महामारीबीच सुरु भएको इङ्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । बुधबार राति बन्द रगंशालामा सुरु युरोपको तेस्रो लिगअन्तर्गत सिटीले आर्सनललाइ ३–० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो । खेलको ४९औं मिनेटमै १० खेलाडीमा समेटिएको आर्सनललाइ सिटीले सहजै पराजित गर्‍यो ।

सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डे ब्रुन र फिल फोडनले गोल गरे । जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँगको दूरी २२ अंकले घटाएको छ । आर्सनल ४० अंकमा अंक तालिकाको नवौं स्थानमा छ ।

बुधबार राति नै भएको अर्को खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी गरे। सेफिल्ड ४४ अंकमा छैटो स्थानमा रहँदा एस्टन भिल्ला २६ अंकमा १९औं स्थानमा छ । बुधबार रातिका प्रतिस्पर्धासँगै सबै टोलीले २९औं खेल पूरा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button