चौरजहारी चुप लाग्दैमा धनुषा चुप लाग्छ भन्ने छैन

बिश्वभक्त दुलाल आहुति

तीनहप्ता वितेको छ रुकुम चौरजहारी हत्याकाण्ड । यो देशका दलितहरुको पक्षमा वा विद्रोहको पक्षमा असाध्यै ठूलो काम र सबै काम मेलै गरिदिएको त होनी भन्ने एकजना मान्छे छन । उनको नाम पुष्पकलम दाहाल हो । उनी घटना भएको तीन हप्तासम्म त लुकेर बसे, चुप लागेर बसे । किनकी उनको मुखमा जनार्दन शर्मा नामको ठूलो ढुंगा पसको थियो । त्यसकारणलले तीन हप्तासम्म चुप लागेको बसे । संसदले बनाएको एउटा समिति उनको घरमा भेट्न गएको थियो हिजो (जेठ ३० गते) । अनि उनले भनेछन मलाई सारै दुःख लागेको छ । तपाईहरुलाई मेरो पार्टीको त्यहा अनुसन्धान गर्न जाँचबुझ गर्न पुरै सहयोग हुन्छ ।

अब उहाँको पार्टीले के ग¥यो त हामी सुनौ पहिला । त्यस्तो पार्टीले सहयोग गर्छ भनेर प्रचण्डले भनेका छन जुन पार्टीले सुरुदेखि के ग¥यो त ? के गर्यो भने प्रेम गरेका जोडीलाई प्रहरीमा लगेर अब नभेट्ने है भनेर कबुल गर्न लगायो । त्यो पार्टीबाट वडा अध्यक्ष चुनिएका डम्बरबहादुर मल्लले गाउँमा आएका युवाहरुलाई लखेटेर मार्न लगाए ।

‘गृहमन्त्रीले अमेरिकामा त भेदभाव छ यहाँ किन नहुनु भनेर हास्यास्पद तर्क गरे । सुन्नै नसक्ने तर्क गरे । हामीले बुझाएको कर खाएर, हामीले बुझाएको राजश्व उठाएर तलब खाने मान्छेले हामीलाई अपमान गर्ने गरी गृहमन्त्रीको पदमा बसेर बोले । हामीले सह्यौँ, सहनु पर्ने स्थिति भयो । त्यसपछि महान्याधिवक्ताले ढाका टोपी ढल्काएर समाचारमा आएजस्तो होईन भनेर पहिले नै खबर सुनाइदिए । सरकारवादी मुद्दा सरकारले लड्नुपर्ने सबैभन्दा माथिल्लो तहमा बस्ने महान्यायधिवक्ताले भन्छन सञ्चार माध्यमले ल्याएको कुरा कही होईन ।’

त्यसपछि त्यो पार्टीका चौरजहारी नगरपालिकाका मेयर बिशाल शर्माले घटनाको भोली पल्ट मुसीकोटमा सिडियो, गुप्तचरहरु र त्यहाँको प्रहरीको मिटिङ गरे । मिटिङमा घटनालाई कसरी तलैदेखि निमिट्यान्न पार्ने ? मुद्दा कसरी कमजोर पार्ने ? कसरी त्यसका अपराधीहरुलाई बचाउने भन्ने कुराको जाल त्यहाँ बुनियो । जाल बुनेपछि पुलिसकै गाडीमा राखेर वडा अध्यक्षलाई चौरजहारी सोतीसम्म पुर्याइयो । प्रचण्डको पार्टीले सहयोग गर्छु भनेको पार्टीले गरेको यही हो अहिलेसम्म ।

त्यसपछि थप के ग¥यो ? प्रचण्डको मुखमा ढुंगा बनेर पसेका संघीय सांसदले सिठी बजाएर बस्ने पुलिसको हवाला दिए । मान्छे मरिरहेको छ । घाइतेलाई उठाउन सक्ने पुलिसले कुट्नेहरु एक जनालाई पनि पक्रन सक्दैन । त्यहाँबाट सुरु हुन्छ हास्यास्पद खेल । १२ जना घाइतेलाई उठाएर लिएर जाने पुलिसले १२ जनालाई कुट्ने पिट्ने दुई जनालाई समेत पक्रन किन सकेन ? स्वभाविक रुपमा सक्थ्यो । त्यसपछि संघीय सांसदले भेरीमा हामफालेर मरे भने । थप कथाहरु थपिदै गए ।

त्यही पार्टीको गृहमन्त्रीले अमेरिकामा त भेदभाव छ यहाँ किन नहुनु भनेर हास्यास्पद तर्क गरे । सुन्नै नसक्ने तर्क गरे । हामीले बुझाएको कर खाएर, हामीले बुझाएको राजश्व उठाएर तलब खाने मान्छेले हामीलाई अपमान गर्ने गरी गृहमन्त्रीको पदमा बसेर बोले । हामीले सह्यौँ, सहनु पर्ने स्थिति भयो । त्यसपछि महान्याधिवक्ताले ढाका टोपी ढल्काएर समाचारमा आएजस्तो होईन भनेर पहिले नै खबर सुनाइदिए । सरकारवादी मुद्दा सरकारले लड्नुपर्ने सबैभन्दा माथिल्लो तहमा बस्ने महान्यायधिवक्ताले भन्छन सञ्चार माध्यमले ल्याएको कुरा कही होईन । पुलिसले ल्याएको कुरा ठिक होत ? त्यो त होईन । यदी इमान्दार सञ्चारकर्मीहरुले ल्याउदैनथे भने भेरीको किनारबाट त्यो घटना डाडो कट्दैन्थ्यौ ।

‘समस्या संविधानमा छ । जसरी भारतका २१ करोड दलितको समस्या भारतको संविधानमा छ । अम्बेडकरले लेख्या हुने बित्तिकै दलितको हित गर्छ भन्ने ग्यारन्टी भयो ? भएन । त्यही संविधान हो १९५० मा जारी भएको जसको अहिले ७० वर्ष पूराभयो । तर भारतको २१ करोड दलितमध्ये १० प्रतिशलाई पनि मध्यमवर्गमा लान सकेन । त्यसकारण भारतीय दलितको मुक्तिको मुख्य बाधक भनेको भारतको संविधान हो । नेपालका दलितको मुक्तिको मुख्य बाधक अहिलेको संविधान नै हो ।’

काठमाडौँसम्म आउदैन्थ्यो । आयोग बनिरहेको छ यहाँ निर्णय सुनाइदै छ । यसो होइन । उसो होईन भनिदैछ । एकजना वरिष्ठ भनिएका पत्रकार फुत्त पैदा भए । एकैचोटी पैदा भए । उनी काठमाडौँबाट जान्छन मुसिकोटबाट चौरजहारी गएर सुत्छन र विहान उठेर कान्तिपुर एफएममा अन्तरवार्ता दिन्छन । उनले के भन्छन भने “म जाजरकोट त पुगेको छैन ।” किनकी मारिएकामध्ये ५ जना त जाजरकोटका हुन । मुख्य पीडितहरु जाजरकोटका हुन । जो घाइते छन सबै जाजरकोटवासी छन । त्यो पिडित जिल्लामा नपुगीकन उनी चौरजहारीबाट बोल्छन “यो हत्या जातीय विभेदमा आधारित पनि होइन, यो हत्या पनि होइन यो चाही भेरीमा डुवेर मरेकाहरु हुन ।”

यसरी श्रृखलावद्ध रुपमा के देखियो त भन्दा यो देशको नेतृत्व गरेको राजनीतिक पार्टी, त्यसका नेताहरु, त्यसले सञ्चालन गरेको प्रशासन, त्यसले उब्जाएको महान्यायधिवक्ताको खलक, र त्यसको कुरा सुन्ने पत्रकारहरुको एउटा जमात पुरै पेटी कसेर दाम्लो कसरे दुईवटा कुरा प्रमाणित गर्न लाग्यो ।

हत्या जातको आधारमा भएको होइन भन्ने प्रमाणित गर्न लाग्यो । त्यसो किन गर्न खोजे उनीहरुले ? त्यसो गर्दा यो देशमा घरघरमा, पार्टी पार्टीमा, क्याम्पस बिश्वबिद्यालय, प्रत्येक एनजिओ, प्रत्येक प्रशासन यन्त्रमा, मन्त्रीमण्डलमा जवरजस्ती शासन गरिरहको जात व्यवस्थालाई छुपाउन लुकाएर राख्नका निम्ति यसको आधारमा शासकहरुले शासन जोगाइ राख्नका निम्ति काण्ड जात व्यवस्थाको आधारमा भएको होइन भनेर पुष्टि गर्न जरुरी छ ।

त्यसका निम्ति उनीहरु लागेका छन । अहिले सबैको ध्यान सांसदको सुन्नुस, महान्याधिवक्ताको सुन्नसु वा प्रशासन प्रहरीको सुन्नुस उसको सम्पूर्ण मुख्य कहाँ छ भने त्यो हत्या जातीय विभेद थिएन जातको आधारमा थिएन भइपरी आउने भवितव्य थियो भन्न प्रयासरत छन । अर्को कुरा अपराधीहरुलाई सजाय गर्ने काम इमान्दारी पूर्वक अगाडि बढ्ने हो भने स्वभाविक रुपममा त्यहाँको मेयर बिशाल शर्मा सबभन्दा अगाडि आइपुग्छन । जसले लखेटेर ढुगाँ हान्यो हँसिया, हान्यो दाउराले हान्यो जसले मारेर फाल्यो तिनीहरुमाथि भन्दापनि त्यो योजना बनाउने राजनीतिज्ञहरु बढी दोषी हुन्छन । तिनीहरुलाई बचाउनको निम्ति जालबुन्ने राजनीतिज्ञ दोषी हुन्छन ।

‘यो समाज जात व्यवस्थामा आधारित थियो । यो समाज जात व्यवस्थामा आधारित छ । प्रत्येक राजनीतिक पार्टीका संरचना जात व्यवस्थामा आधारित छ । मन्त्रीमण्डल हेर्नुहास् । बाहुन हुनुहुदैन भनेको होइन बाहुन पनि नागरिक हुन सहिद भएका छन । तर बाहुनमात्रै हुनुहुदैन भनको हो । खाने बेलामा सबै आफुलेमात्र खाने केही कुरा गर्यो भने जातको कुरा गर्यो भन्ने ? कसरी मिल्छ यो तर्क ? मिल्दैन । युनिभरसिटी हेरौँ, पार्टीका संरचना हेरौँ, प्रसाशन पुरै जात व्यवस्थामा आधारित छ, प्रहरी सेनाको ठूलो हिस्सा जात व्यवस्थामा आधारित छ । कहाँ छैन जात ? समस्या यहीनिर छ ।’

त्यो घटना गर्ने र बचाउ भर्ने कुरामा मेयर, वडा अध्यक्षसहितको राजनीतिक लहरो तन्किएर आएको छ । समस्या त्यहानिर टाँसिएको छ । त्यसकारणले हामी सजिलै के बुझनु पर्दछ भने त्यो घटनामा हामीले सोचेको जस्तो हुनेवाला छैन । नेपालका दलितले वा नेपालमा प्रगतिशील गैरदलितले सोचेजसरी सजिलै मुद्दा हल हुनेवाला छैन ।

त्यहाँ न्याय हुनेवाला छैन । यत्रोकाण्ड घटिसकेपछि एकदुई जनालाई समातेर १४ वर्ष हाल्दिएर १० वर्षपछि छुटाईदिने खेल खेल्नवाला छ । मुद्दा हल हुनेवाला छैन । वास्तविक अपराधी त्यहाँको राजनीतिमा छ । त्यहाँको प्रशासनमा छ । वास्तविक अपराधी त्यहाँको सार्वजनिक जीवनमा मै हु भनेर बसिरहेको छ । त्यो पार्टी र त्यो पार्टीले सञ्चालन गरेको प्रशासन राजनीति कस्तो छ भनेर बुझ्नका निम्ति एउटा तथ्य काफी छ ।

त्यो पार्टीसँग नढाटी भन्ने हो भने अहिले नेपालको सबभन्दा बढि दलित संगठित भएको दलित संगठन छ । तर सहरको कुनै गल्लीमा कुनै गाउँटोलमा त्यो पार्टीको दलित संगठन कहिल्यै सडकमा आयो ? आएन । किन आएन ? व्यक्तिगत रुपमा भेटियो भने म्यासेन्जर, फोनमा भेटियो भने भेटियो भने उनीहरु मुर्मुरिएका छन । के गर्ने होला कसरी सडकमा आउने भनेर । उनीहरु लुकेर नाम छुपाएर एनजिओहरुले गर्ने कार्यक्रममा फुुत्तफुत्त देखा पर्न थालेका छन ।

त्यही रुकुममा हिजो एउटा सभा भयो तर कस्को आयोजनामा भयो ? वरिष्ठ पत्रकारले भनेको मान्ने हो भनेत त्यहाँ छुवाछूत छैन तर त्यहाँ काँग्रेस, नेकपा (नेकपा) सबै दलितहरुको साझा संयन्त्र छ त्यही साझा संयन्त्रले ग¥यो । तर नेकपा (नेकपा) ले चलाएको दलित संगठन त्यहाँ पनि आफ्नो झण्डा लिएर निस्कन सकेन । किन सकेन ? के यो दलितहरुलाई गाली गर्ने बिषय हो त्यो पार्टीको ? ती दलितहरुले आफ्नो लक्ष्मण रेखा तोड्न सकेनन ।

आफुले थाल बोकेर जो नेताको अगाडि उभिएका छन कटौरा बोकेर नेताको घरघरमा उभिन सिकाइएको छ त्यसबाट उनीहरु मुक्त हुन सकेनन । तर मुख्य कुरा यो होइन । मुख्य कुरा त्यो पार्टीको राजनीति हो । जसले आफ्ना मुद्दा आउदा सडकमा जान दलितलाई रोक्यो । जुन पार्टीले दलितको मुद्दामा लड्ने भनेर बनाएको संगठनलाई त्यत्रो दलितमाथिको नरसंहार हुँदा पनि लड्नबाट रोक्छ त्यो पार्टी र त्यसले चलाएको सरकारले यो काण्डमा न्याय दिन्छ ? भेनेजुयलाको बारेमा बोल्न सक्ने मोन्छेहरु तीन हप्तासम्म दुला पसेर बस्छन भने तिनले कसरी न्याय दिन सक्छन ? तिनले न्याय दिन सक्दैनन ।

त्यस कारण अहिले गम्भीरता पूर्वक सबैले सोच्नुपर्ने भएको छ । हामीले मधेश र पहाडलाई नजोडिकन यो मुद्दा हल गर्न सक्दैनौं । रुपन्देहीको काण्ड, सम्भु सदा जसलाई धनुषामा पुलिस चौकीभित्र हत्या गरियो । त्यहाँ संघर्ष जवरजस्त उठेको छ । तर त्यहाँ दलितहरुमात्रै मुलत सडकमा छन । धनुषामा मुसहरहरुको जो समाजको सबैभन्दा पीधमा छन उनीहरु लाठी लिएर सडकमा निस्केका छन । चौरजहारी चुप लाग्दैमा धनुषा चुप लाग्दछ भन्ने छैन ।

संघर्षको नयाँ बाटो आउदैछ । हामी धेरै नै शान्तिप्रिय भएका छौं । धेरै नै शान्तिप्रिय । कुरा शान्तिप्रियताले हल हुनेवाला छैन । अलिअलि भिडन्त हुनैपर्ने भएको छ । लड्नै पर्ने भएको छ । केही रगत बग्नै पर्ने भएको छ । यो सामान्य कुरा होईन । मानिसहरु मारेको मारै गर्ने ८ वर्षमा २४ जना मारिए । यो हप्तामात्रै ८ जनाको हत्या भयो । के यो नाटक हो ? खेलवाड हो ? होइन । यसका विरुद्ध नयाँ कार्यक्रम बनाउ ।

नेपालको राजनीतक आन्दोदन कस्तो भयो ? नेपालमा जात व्यवस्था थियो र छ । तर नेपालका राजनीतिक आन्दोलनले नेपालमा जात व्यवस्था छैन भनेर निष्कर्ष निकाले । जात व्यवस्थामा आधारित नेपालको सामन्तवादको चर्चा नै गरेनन् । यूरोप अमेरिका चाइनको चर्चा गरे । जात नभएको समान्तवादको चर्चा गर्न थाले जात भएको समान्तवादको चर्चा भएन । जसको कारणले परिणाम के भयो ५०-६० सालसम्म आउदा काँगे्रस पार्टी सिँगै जात व्यवस्थामा आधारित बन्न पुग्यो । कम्युनिष्ट पार्टीहरु सिँगै जात व्यवस्थामा आधारित बन्न पुगे ।

तीनको केन्द्रीय समिति, जिल्ला गाउँ समिति हेर्नुहोस् तीनको महिला संगठन हेर्नुहोस सबै—सबै नेपालका राजनीतिक पार्टीहरु जात व्यवस्थामा आधारित भए । यो समाज जात व्यवस्थामा आधारित थियो । यो समाज जात व्यवस्थामा आधारित छ । प्रत्येक राजनीतिक पार्टीका संरचना जात व्यवस्थामा आधारित छ । मन्त्रीमण्डल हेर्नुहास् । बाहुन हुनुहुदैन भनेको होइन बाहुन पनि नागरिक हुन सहिद भएका छन । तर बाहुनमात्रै हुनुहुदैन भनको हो ।

खाने बेलामा सबै आफुलेमात्र खाने केही कुरा गर्यो भने जातको कुरा गर्यो भन्ने ? कसरी मिल्छ यो तर्क ? मिल्दैन । युनिभरसिटी हेरौँ, पार्टीका संरचना हेरौँ, प्रसाशन पुरै जात व्यवस्थामा आधारित छ, प्रहरी सेनाको ठूलो हिस्सा जात व्यवस्थामा आधारित छ । कहाँ छैन जात ? समस्या यहीनिर छ । मान्छेलाई शिक्षित पार्ने, संविधानमा लेखिएपछि हल हुन्छ भन्ने कुरा गरिन्छ ।

समस्या संविधानमा छ । जसरी भारतका २१ करोड दलितको समस्या भारतको संविधानमा छ । अम्बेडकरले लेख्या हुने बित्तिकै दलितको हित गर्छ भन्ने ग्यारन्टी भयो ? भएन । त्यही संविधान हो १९५० मा जारी भएको जसको अहिले ७० वर्ष पूराभयो । तर भारतको २१ करोड दलितमध्ये १० प्रतिशलाई पनि मध्यमवर्गमा लान सकेन । त्यसकारण भारतीय दलितको मुक्तिको मुख्य बाधक भनेको भारतको संविधान हो ।

नेपालका दलितको मुक्तिको मुख्य बाधक अहिलेको संविधान नै हो । त्यसकारण समस्या कहाँ छ जात व्यवस्थामा छ । पार्टीभित्र भएको जात व्यवस्था प्रशासनमा, राजनीतिमा, मन्त्रिमण्डलमा, विश्वबिद्यालयमा सबैसबै संरचनामा जात व्यवस्था छ । जात व्यवस्था भनेको जातीय छूवाछूतमात्र होइन, जातीय छूवाछूत र जातीय भेदभाव जात व्यवस्थाबाट जन्मिएको एउटा कुरामात्रै हो ।

हामीले एउटा फेज राजनितिको पुरा ग¥यौं । सामन्तवादसँग लड्दै—लड्दै ८० वर्ष पूरा ग¥यौं । अब हामी विलकुल नयाँ ठाउँमा छौँ । मेरो कुरा के हो भने हामीले हिजोसम्मको लडाईको फेज पूरा ग¥यौं । हिजो जातीय भेदभाव भनेको सामन्ती कुरा हो भन्थ्यौँ । यो सामन्तवादमा उत्पत्ति भएको कुरा हो । नेपालमा २०४६ सालपछि हिसाब गर्ने हो भने पनि चौथाइ सताब्दी हुन लाग्यो ।

तर यो ७० वर्षको बीचमा स्थापित पुँजीवादले जात व्यवस्थालाई अन्त्य गर्ने कुरा गरेन् । बरु जात व्यवस्थामा आधारित पार्टी बनाउन थाल्यो । जातको आधारमा चुनाव लड्न थाल्यो । त्यसको आधारमा मन्त्रिमण्डल बनाउन थाल्यो । त्यसैले जात व्यवस्था भनेको अब सामन्तीमात्रै होइन बरु आजको पुँजीवादले पनि जात व्यवस्थालाई सहवरण ग¥यो । आजको पुँजीवादले जात व्यवस्थालाई ओड्यो । जात व्यवस्था पुँजीवादी जात व्यवस्था हो । सामन्तीमात्रै होइन । सामन्तवाद जन्मियो तर पुँजीवादलाई पनि टिकाउनका निम्ति जात व्यवस्थालाई प्रयोग गर्न थाल्यो । त्यसैले अब हाम्रो एउटा फेज सकियो ।

हिजोसम्मको दलितहरुको आन्दोलनको मुख्य उदेश्य मुद्धालाई राजनीतिको केन्द्रीय मुद्दा बनाउने थियो । सबैलाई थाहा छ नेपालका राजनीतिक पार्टीहरुले ०४८ सालसम्म आफ्नो दस्तावेजमा दलित मुद्दा घुसाएका पनि थिएनन् । दलितहरुको संघर्षको कारणले राजनीतिक पार्टी यो मुद्दालाई मुद्दा मान्न तयार भएका हुन् । अहिले नेपालको राजनीतिकको केन्द्रीय मुद्दा दलित विषय बन्न पुग्यो । तर यत्रो परिवर्तनपछि संविधान बनाउँदा दलित मुद्दामा, महिला मुद्दामा र मधेस मुद्दामा धेरै जसो उत्पीडितको मुद्दामा घात भयो । बदमासी भयो । कुरा गरेर, स्कुल खोलेर, जातिय भेदभावको कानुन ल्याइदिन्छु भनेर यो समस्याको हल हुँदैन् ।

‘हिजोसम्मको दलितहरुको आन्दोलनको मुख्य उदेश्य मुद्धालाई राजनीतिको केन्द्रीय मुद्दा बनाउने थियो । सबैलाई थाहा छ नेपालका राजनीतिक पार्टीहरुले ०४८ सालसम्म आफ्नो दस्तावेजमा दलित मुद्दा घुसाएका पनि थिएनन् । दलितहरुको संघर्षको कारणले राजनीतिक पार्टी यो मुद्दालाई मुद्दा मान्न तयार भएका हुन् । अहिले नेपालको राजनीतिकको केन्द्रीय मुद्दा दलित विषय बन्न पुग्यो । तर यत्रो परिवर्तनपछि संविधान बनाउँदा दलित मुद्दामा, महिला मुद्दामा र मधेस मुद्दामा धेरै जसो उत्पीडितको मुद्दामा घात भयो ।’

ती त सहायक कुरामात्रै हुन । बलात्कारीलाई सजाय गरेर बलात्कार गर्ने मान्छे उत्पादन हुने पितृसत्तावादी समाज अन्त्य हुँदैन । पितृसत्तावादी समाज रहेसम्म बलात्कारीको अन्त्य हुँदैन । बलात्कारी उत्पादन गरिरहन्छ । त्यसकारण बलात्कारीलाई सजाय गर्नुपर्छ किनकी त्यो अपराध हो । तर मुख्य कुरा पितृसत्तावादी संरचनाका बिरुद्ध लड्ने हो । त्यो भनेको जातीय भेदभावका बिरुद्ध लड्नु पर्छ । अपराधिलाई सजाय हुनुपर्छ । न्यायको कडघरामा उभ्याउनु पर्छ त्यो ठिक कुरा हो । जात व्यवस्थालाई जस्ताको त्यस्तै राखेर अनि अपराधिक घटनाका अपराधिलाई सजाय गर्ने कुरामामात्रै केन्द्रीत भएर मुख्ख पर्ने दिशातिर गयौँ भने त्यो अर्काे भुमरीको सयन्त्रमा फसेको ठहर्छ ।

अबको दिशा नेपालमा कुनैपनि राजनीतिक पार्टी तब मात्र प्रगतिशील हुनसक्छ जसले जात व्यवस्थाको बिरोध गर्छ । जातीय घटनाको बिरोध नगर्ने पार्टी प्रगतिशील हुन सक्दैन् । सिँगो जात व्यवस्थाको बिरोध नगरी अब कनै पनि पार्टी प्रगतिशील हुन सक्दैनन् । जात व्यवस्थाको बिरोध प्रत्येक कमिटी बन्दा त्यो पार्टीको कमिटी जात व्यवस्था अनुसारको छकी जात व्यवस्थालाई भत्काउने खालको छ ? मुख्य कुरा त्यो हेर्नुपर्छ । (संयुक्त राजनीतिक दलित संघर्ष समिति, नेपालको जेठ ३२ गतेको विरोधसभाको भाषण)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button