रुकुम चौरजहारी घटनाको प्रमुख कारण जातीय विभेद नै हो

रुकुमपश्चिम र जाजकोट गएर घटनाका बारेमा अध्ययन गरेपछि देखियो, घटना बर्वरतापूर्ण, पासवीक क्रुर हत्यो हो । घटनाको प्रमुख कारण जातीय विभेद नै हो । त्यसको पृष्ठभूीममा नवराज बिक र शुष्मा मल्लको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नुभन्दा पनि त्यसलाई असफल पार्ने क्रममा गरिएको सामुहिक क्रुर हत्या हो ।

घटनालाई बुझ्दा सारै क्रुर छ ढुङ्गे युगमा पनि यस्तो हुदैन्थ्यो होला । घटनामा जातीय विभेद जोडिएको छ । जातीयताकै कारण घटना घटेको छ । यदि कसैले भ्रम छर्न खोजको छ भने त्यस्तो व्यक्तिहरु कहीबाट प्रायोजित रुपमा बोलेको हुनुपर्छ ।

रुकुम छुवाछूत मुक्त छ जातीय विभेद छैन भन्ने कुरा त्यहाँका जनप्रतिनिधिहरुले भनेको सुनिन्छ । तर व्यहारमा त्यस्तो परिस्थिति देखिएन । व्यवहारमा हेर्दा झनै चर्को विभेद हामीले पायाँै । दलित युवाले मल्ल जातिको यूवतीसँग प्रेम गरेको कुरा त्यहाँ विभिन्न तथ्यले प्रमाणित गर्छ । उनीहरुले विवाहमा परिणत हुन चाहान्छन तर जातको आधारमा सफल हुन नदिन घटना भएको छ । भम्कीपूर्ण व्यवहार पहिलादेखि नै हुदै आएको पाइन्छ ।

दलितले गैरदलितको छोरीलाई प्रेम गर्न नसकोस् यदि गर्छ भने हामी समाप्त पार्छौं भन्ने मानसिकताबाट सुनियोजित ढंगले हत्या भएको छ । हत्या पनि कस्तो भन्दा एकोहोरो झडप छ । प्रतिवाद छैन । युवतीको आमाले गाली गरेपछि युवाहरु फर्किएका छन । तर फर्किरहेकालाई एकाएक ढुगांमुढा गरी एकतर्फी रुपमा लेखेटियो । आक्रमण भयो । लखेटेर नदीमा पुर्याइयो मारेर नदीमा फालियो । ढिलै भएपनि प्रहरी पुगेकाले केही युवाहरुको ज्यान बचेको छ नत्र तिनीहरु पनि मर्ने नै थिए ।

घटना जातीय विभेदका कराणले गरिएको अपराध हो । निक्नै ठूलो अपराध हो । खतरनाक कुरा त जातीय विभेदका कारण मारिएको छ । निश्चित केही व्यक्तिहरुको योजनामा सिङगो गाउँलाई प्रयोग गरिएको छ । ढुङगाले हानेर टाउको फोरेर नदीमा बगाइएको छ ।

लखेट्दा नदीमा युवाहरु आफै हामफाले भन्ने कुरा छ । तर ती युवाहरु नदी नजिकको बसोवासमा रहेकाले सबै युवाहरु जस्तोसुकै बाढी आउदा पनि पौडिन सक्ने रहेछन । उनीहरुको ज्यानमा आक्रमण नभइ नदीमा परेको भए त बाच्ने थिए ।

नदी पार सजिलै गर्न सक्ने युवाहरु रहेछन । आफै हामफलेको भए पारी जान सक्थे । पौडी खेल्नसक्ने अवस्थामा पुर्याएर मरणासन्न हुनेगरी कुटेपछि अब बाच्दैनन भनेर नदीमा फालिएको प्रष्ट बुझन सकिन्छ । कानुनले बिवाहको समय २० वर्ष भनेको छ । तर त्यहा त १४ र १५ वर्षमा विवाह भएको देखियो । अधिकांश विवाह त्यस्तो देखियो ।

१८ वर्ष पुग्दा त बच्चाबच्ची भइसक्ने । विवाहको कानुन जुन छ त्यो त रुकुम जाजरकोटामा कार्यान्वयन भएको अवस्था देखिदैन । त्यहाँ अधिकांश विवाह कानुनी दृष्टिकोणले अबैध छन । (घटना अध्ययनबाट फर्किएपछि लिइएको अन्तरवार्ताबाट)

बालकृष्ण चापागाई, वरिष्ठ पत्रकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button