जर्मन बुडेन्स लिगामा फ्रेइवर्गमाथि लिभरकुसानको जित

काठमाडौँ पेज । बायर लिभरकुसानले फ्रेइवर्गमाथि १–० को जित निकालेको छ । योसँगै लिभरकुसान जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । शुक्रबार राति भएको खेलमा जितसँगै लिभरकुसानको २९ खेलबाट ५६ अंक जोडेको छ । पछिल्लो खेलबाट उसले ३ अंक जोडेको हो ।

पराजित फ्रेइवर्ग ३८ अंक जोडेर आठौं स्थानमा रोकिएको छ । उता एक खेल कम खेलेको आरबी लाइप्जिगको ५५ अंक साथ लिभरकुसानभन्दा पछाडि छ । पहिलो हाफ गोलरहित बराबरीमा रहेको फ्रेइवर्गमा आयोजित खेलमा दोस्रो हाफमा लिभरकुसानले एक गोल गर्न सफल भयो । ५४औं मिनेटमा केए हाभेट्जले गरेको गोल नै लिभरकुसानको जितमा निर्णायक बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका महत्वपूर्ण मौकाहरु गुमाएका थिए । शनिबार पनि बुन्डेस लिगामा ५ खेल आयोजना हुँदैछ । आज राति हेर्था बर्लिन र अग्सवर्ग, माइन्ज र होफेनहाइन, साल्के र वेर्डर ब्रेमेन, वल्फ्सवर्ग र फ्रान्कफर्ट तथा बायर्न म्युनिख र डुसेलडर्फ मैदानमा उत्रनेछन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button