ला लिगा सुचारु गर्न स्पेन सरकारको अनुमति

काठमाडौँ । स्पेन सरकारले जुन महिनाको दोस्रो सातादेखि खेलकुदका गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जुन ८ बाट ला लिगा सुचारु गर्न सकिने जानकारी दिएका हुन् । सबैका लागि नयाँ क्षितिज खुलिरहेको छ ।

धेरै प्रकारका गतिविधिहरू फिर्ता ल्याउने समय आएको छ । जुन ८ बाट ला लिगा सुचारु हुन्छ । शीर्ष डिभिजनका साथै दोस्रो डिभिजनको लिग पनि सोहि मितीमा सुचारु गर्न सकिन्छ,’ प्रधानमन्त्री सान्चेजले भने ।

स्पेनी ला लिगाका अध्यक्ष जेभियर टेवासले सरकारको यस निर्णयबाट अत्यन्तै खुसी रहेको र यो क्लब, खेलाडी, प्रशिक्षक, स्पेनिस स्पोर्ट्स काउन्सिल सिएसडी र एजेन्टहरुको कडा परिश्रमको नतिजा रहेको बताएका छन् । ला लिगा आयोजकले स्थगित ला लिगा जुन १२ ताखिरबाट सुचारु गर्ने बताइरहँदा सरकारले नै त्यो भन्दा अगाडिको मितिबाट सुचारु गर्न अनुमति दिएपछि झन सहज भएको छ ।

ला लिगाको २७ मेमा बस्ने बैठकले स्थगित सिजनको नयाँ मिति र आगमी सिजनको खेल तालिका निर्धारण गर्न सक्नेछ । यसअघि १२ जुनमा सेभिया र रियल बेटिसबीचको डर्वी खेलबाट ला लिगा सुचारु हुने सुचना बाहिरिएको थियो । कोरोनाका कारण दुई महिना स्थगित भएको ला लिगा सुचारुका लागि आयोजकले प्रोटोकल बनाइरहेका छन् ।

जस अन्तर्गत रहेर क्लवहरुले सामाजिक दुरी कायम गरेर १० जनाको समुहमा प्रशिक्षण गरिरहेका छन् । यो महिनाको सुरुवातमा ला लिगाका १० भन्दा बढि क्लबले प्रशिक्षण शुरु गरिसकेका छन् । गत मार्च १२ तारिखबाट स्थगित भएको ला लिगाका केहि खेलाडीमा पनि कोरोना संक्रमण देखिएको थियो । प्रशिक्षण सुरु हुनु भन्दा अगाडी सबै खेलाडीको परिक्षण गरिएको थियो ।

यस सिजन ला लिगामा बार्सिलोना शीर्षस्थानमा रहेको छ । लिगमा ११ खेल बाँकी रहदा बार्सिलोना रियल म्याड्रिड भन्दा २ अंकले अघि छ । बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ । मलोर्का, लेगानेस र एस्पान्योल रेलिगेसन जोनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button